शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ ९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा परिचालन हुने निर्वाचन प्रहरीका लागि बेनीको खुल्लामञ्च खेल मैदानमा लिखित परीक्षा लिइएको छ ।
प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीमा उत्तीर्ण भएकाहरुलाई शुक्रबार लिखित परीक्षा लिइएको हो । जिल्लाभर आठसय ६१ भन्दा बढी निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।