• १२ चैत २०८२, बिहिबार

अमेरिकी डलरको भाउ बढ्यो

blog

काठमाडौँ, चैत १२ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ ।

निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ०७ पैसा र बिक्रीदर १५० रुपियाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ १७ पैसा र बिक्रीदर १७४ रुपियाँ ८७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ३० पैसा र बिक्रीदर २०२ रुपियाँ ११ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपियाँ २३ पैसा र बिक्रीदर १९० रुपियाँ ९९ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ६१ पैसा र बिक्रीदर १०५ रुपियाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ८० पैसा र बिक्रीदर १०९ रुपियाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ३६ पैसा र बिक्रीदर ११७ रुपियाँ ८३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ७६ पैसा र बिक्रीदर २१ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ र बिक्रीदर ४० रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ १६ पैसा र बिक्रीदर ४१ रुपियाँ ३२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ८६ पैसा र बिक्रीदर ४१ रुपियाँ ०२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ८५ पैसा र बिक्रीदर ३८ रुपियाँ, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०२ पैसा र बिक्रीदर १० रुपियाँ ०६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १५ पैसा र बिक्रीदर १६ रुपियाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३१ पैसा र बिक्रीदर २३ रुपियाँ ४० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपियाँ ६२ पैसा र बिक्रीदर ४९१ रुपियाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपियाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८९ रुपियाँ ७९ पैसा र बिक्रीदर ३९१ रुपियाँ ३५ पैसा रहेको छ  ।

यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस