• १० माघ २०८२, शनिबार

भिरबाट लडेर युवकको मृत्यु

blog

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), माघ १० गते ।
स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–६ तमाखुबारीका २८ वर्षीय शोभाकान्त ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो घरबाट घाँस काट्न जान्छु भनि हिँडेका ढकाल घर नजिकैको मौरीभिरबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी निरीक्षक कमल नेपाली र प्रहरी चौकी पञ्चमुल स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक डेड बहादुर थापाको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल पुतलीबजारमा पठाइएको चौधरीले जानकारी दिनुभयो ।