शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रवीणकुमार शर्मा
रौतहट, माघ ९ गते। रौतहटको गौर गंगापिपरा सडक खण्डको राजदेवी नगरपालिका–१ पथरा स्कुल नजिक भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा रौतहटको दुर्गाभगवती गाउँपालिका–२ का ३० वर्षीय अशोक महतो र रौतहट राजदेवि नगरपालिका–२ का २९ वर्षीय अरविन्द महतोको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नं.को मोटरसाइकल र विपरित दिशातर्फ बाट जाँदै गरेको बि आर ३० ए एफ २३७० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।