गरिबी विशेषतः अल्पविकसित र विकासशील देशको प्रमुख सामाजिक समस्या हो । गरिबीका कारण विश्वका धेरै जनसङ्ख्या विभिन्न अवसरबाट वञ्चित छन् । जसका कारण देशको आर्थिक सामाजिक विकास प्रभावित भएको छ ।
चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् ।
भ्रष्टाचार, बेथिति, सुशासन तथा पारदर्शिताका लागि जेनजीले आन्दोलन गर्दा सरकारले घुँडा टेक्नु प¥यो । राष्ट्रले विभिन्न आन्दोलन देखेको छ तर अहिलेको जस्तो बीभत्स पक्कै देखेको थिएन होला ।
सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको तलकोटमा बिहीबारदेखि नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ ।
साताअघि नै जल तथा मौसम विज्ञान विभागले १७ देखि २० असोजसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको थियो । विभागको पूर्वानुमानमा आधारमा देशभरका जोखिमयुक्त क्षेत्रमा बाढी, पहिरो र जमिन भासिने जस्ता प्राकृतिक विपत् आउन सक्ने चेतावनीसहितका समाचार आउन थाले । प्राकृतिक प्रकोपको सम्भावना बढेको भन्दै सरकारले देशभरका प्रशासनिक निकाय र
नेपालको राजनीतिक इतिहास निरन्तर सङ्घर्षको घेराभित्र घुमिरहेको छ ।
भारतको नयाँ दिल्लीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा हुम्लाकी साहियकार तारा रोकाया सम्मानित हुनुभएको छ । हिन्दी उर्दु अदबी सङ्गम दिल्लीद्वारा आयोजना गरिएको कार्यक्रममा अमेरिका, श्रीलङ्का, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेशका वरिष्ठ साहित्यकारहरूको सहभागिता रहेको थियो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण असोज महिनामा तीन चलचित्र मात्र प्रदर्शनमा आए । असोज २ गते आउने तयारीमा रहेका चलचित्र ‘जारी २’ र असोज १३ गते ‘रिलिज’ हुने भनिएको ‘अभिमन्यु’ प्रदर्शन हुन सकेन ।
सुमन ढकालको शब्दमा अञ्जिता विश्वकर्माको एकल आवाजमा नयाँ गीत ‘दिदीभाइ’ बोलको गीत सार्वजनिक भएको छ । मीनप्रकाश ओलीको लय रहेको गीतलाई केबी भन्डारीले सङ्गीत संयोजन गर्नुभएको छ ।
भारतीय र नेपाली चलचित्रकर्मीको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘मोनालिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोको संयुक्त ब्यानरमा बन्ने यो चलचित्र नेपालमै महँगो बजेटमा निर्माण हुने बताइएको छ ।
साहित्यकार जयदेव भट्टराईको नयाँ कृति शब्दचित्र ‘नमन’ को लोकार्पण गरिएको छ । आरब्ध प्रकाशनद्वारा आयोजित कार्यक्रममा उर्मिला उपाध्याय, डा. तीर्थबहादुर श्रेष्ठ, नूपुर भट्टाचार्य, भुवन चन्द, शकुन्तला शर्मा, शङ्करनाथ रिमाल, शशि शाह, विजया शर्माले संयक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो ।
झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो ।
सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा तत्काल सुधारका लागि ३९ बुँदे कार्ययोजना ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पाँच महिनामा कार्यान्वयन सक्ने गरी सार्वजनिक सेवाको प्रभावकारी अभिवृद्धिका लागि कार्ययोजना सार्वजनिक गर्नुभएको हो । कार्ययोजनामा सुधारका क्षेत्र, क्रियाकलाप, जिम्मेवार निकाय र समयसीमासमेत तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले तिहारमा देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रम राति १० बजेभित्र मात्र सम्पन्न गरिसक्ने जनाएको छ ।
तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् ।