अर्जुन काफ्ले
स्याङ्जा, माघ १० गते । आगामी फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स्याङ्जाले निर्वाचनसम्बन्धी आठ समिति गठन गरेको छ ।
यहाँ कांग्रेसको कार्य सम्पान समिति बैठकले कांग्रेस स्याङ्जाका सभापति राजु थापाको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन, पूर्व सभापति तथा पूर्व सांसद शंकर पाण्डेको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको हो ।
यस्तै, कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गठन गरेको गरिएको हो ।
यस्तै, कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति शेरबहादुर थापाको संयोजकत्वमा स्थानीय तह समन्वय समिति गठन, कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालको संयोजकत्वमा घोषणा पत्र तथा प्रतिबद्धता पत्र साथै जिल्ला सचिवालय समन्वय समिति गठन, सहसचिव ध्रुव बन्धु पौडेलको संयोजकत्वमा भातृ एवं शुभेच्छुक सस्था समन्वय समिति गठन गरेको हो ।
यस्तै, कांग्रेस स्याङ्जाका जिल्ला प्रवक्ता भरतप्रसाद लम्सालको संयोजकत्वमा सूचना तथा सञ्चार, लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश (गणेश) थापाको संयोजकत्वमा यातायात व्यवस्थापन तथा अन्तर जिल्ला समन्वय समिति गठन गरेको नेपाली कांग्रेसका जिल्ला सचिव दामोदर लम्सालले जानकारी दिनुभयो ।