सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् ।
खस भाषामा लेखिएको ४० हजार शब्दको खसभाषाको शब्दकोष खसिया आखर लोकार्पण गरिएको छ ।
महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकाका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । दुवै पालिकाका ३०८ बाढी पिडित परिवारलाई राहत वितरण गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई स्वागत गर्न लाग्नुभएको छ । तर उहाँले किएभलाई लामो दूरीको टोमहाक क्रूज मिसाइल बिक्री गर्ने सम्भावना न्यून रहेको सङ्केत गर्नुभएको छ ।
जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् ।
नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो ।
दीपावली नजिकिँदै गर्दा सप्तरीका ग्रामीण बस्तीका महिलाहरु हुक्काहुक्की बोकेर सहर धाउन थालेका छन् । जिल्लाको मलेठ, दिघवा, जोलहरी, जमुनी, झल्ही, फर्सैठ, विषहरिया लगायतका गाउँका महिलाहरु बिहान सबेरैै हुक्काहुक्की बोकेर राजविराज, सहरतिर निस्कन छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जानकी गाउँपालिका–१ साईगाउँबाट एक लाख रूपियाँभन्दा बढिको पटकासहित तीन जनालाई पक्राउ गरेको छ ।
सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाका स–साना गुच्छाहरूलाई जीवित राख्न आवश्यक पोषक तत्वयुक्त तरल पदार्थ सावधानीपूर्वक प्रदान गरिरहेका छन् ।
सुनको मूल्य शुक्रबार सात हजार एक सय रुपियाँले बढेर तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन १० ग्रामकै दुई लाख २१ हजार १९५ रुपियाँ पुगेको छ ।
बाजुराको एक स्थानीय तहले करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाउने निर्णय गरेको छ । जिल्लाको बुढीगंगा नगरपालिकाले पालिका तथा वडाहरूमा कार्यरत अस्थायी कर्मचारीलाई हटाउने निर्णय गरेको हो ।
मुगुको छायानाथ रारा नरपालिका र ललितपुर महानगरपालिकाबिच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध स्थापना भएको छ ।
दाङमा प्रहरीले एक लाख ८८ हजारभन्दा बढी रकमसहित १२ जुवाडे पक्राउ गरेको छ । घोराहीको सहिद गेटस्थित राप्ती सुपर लजमा छापा हानेर बुधबार मध्यरातिमा उनीहरूलाई पक्राउ गरिएको दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
बिहीबार दिउँसो नेपालको सीमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलासा भएको छ ।
वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले सिरसिरे डाँडाको मनमोहक बढाएको छ ।