लिस्बन, माघ १० गते । पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन उत्पादन इकाई स्थापना पूरा गरेको छ । उक्त इकाई सिनेस रिफाइनरीमा निर्माण गरिएको हो, जुन लिस्बनको दक्षिणी तटमा रहेको ठूलो औद्योगिक क्षेत्र हो ।
यसमा १० वटा इलेक्ट्रोलाइसिस मोड्युल राखिएको छ, जसको कुल उत्पादन क्षमता १०० मेगावाट छ । गाल्प कम्पनीले यस परियोजनाले पोर्चुगललाई युरोपको ऊर्जा रूपान्तरणमा मुख्य भूमिका निभाउन मद्दत गर्ने बताएको छ । यो इकाई यस वर्षको दोस्रो भागमा पूर्ण रूपमा सञ्चालनमा आउने छ ।
यसले वार्षिक १५ हजार टन नवीकरणीय हाइड्रोजन उत्पादन गर्ने छ । यसले हाल प्रयोग भइरहेको ग्रे हाइड्रोजनको २० प्रतिशत प्रतिस्थापन गर्न सक्ने छ । यस परियोजनाले वार्षिक एक लाख १० हजार टन कार्बन डाइअक्साइड (सीओटु) उत्सर्जन कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यसरी पोर्चुगलले हरित ऊर्जा उत्पादन र वातावरण संरक्षणमा ठुलो कदम उठाएको छ । रासस/सिन्ह्वा