नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ एक्कासि चर्चामा आएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेसँगै सिङ्गो देशकै ध्यान सर्लाही–४ केन्द्रित हुन पुगेको हो । भारतको सीमासँग जोडिएका अधिकांश गाउँ पर्ने यो निर्वाचन क्षेत्रलाई नेपाली कांग्रेसको पुरानो गढ मानिन्छ । यसै क्षेत्रबाट डा. अमरेशकुमार सिंह लगातार तीन पटक चुनाव जितेर संसद्मा प्रवेश गर्दा २०७० र ०७४ मा कांग्रेसबाट नै विजयी हुनुभयो ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धतालाई शनिबार दोहोर्याउनुभएको छ ।
आइतबार हुने राष्ट्रिय सभा निर्वाचनको गण्डकी प्रदेशमा तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय पोखराले मतदानका लागि आवश्यक कर्मचारी, सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भइसकेको जनाएको छ।
झापाका पुराना राजनीतिज्ञ तथा समाजसेवी कृष्णप्रसाद पाठकको आत्मकथा “आफैंलाई फर्केर हेर्दा” सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग छलफल गरी प्राधिकरणको बोर्डबाट सोका लागि स्वीकृत प्राप्त भइसकेको बताउनुभएको छ।
निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।
प्रथम केएमसी २९ वार्ड चेयरम्यान कप ओपन फिडे र्यापिड रेटिङ चेस च्याम्पियनसिपको उपाधि जित्नबाट नेपाली खेलाडी चुकेका छन् ।
मलिथाम फुटबल क्लब उदयपुर सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयामा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधिसभा सदस्य पदका लागि ५६ जनाको उम्मेदवारी कायम भएको छ।
शनिबार भएको खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषमा अर्जुन र महिलामा फुलमती च्याम्पियन बन्नुभएको हो । अर्जुनले निर्धारित दूरी ५१ मिनेट ५७.८ सेकेन्डमा पूरा गर्नुभयो ।
मिथ्या सूचना संघर्ष बारेको दुई दिने गोष्ठी यहाँ सुरु भएको छ । पत्रकारिता र आमसञ्चार केन्द्रीय विभाग र सिएमआर नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रम आइतबारसम्म चल्नेछ ।
उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङलाई न्युयोर्क स्टेट एसेम्बलीले सम्मान गरेको छ ।
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा शनिबार अर्जुन चौपारी र चापाकोट जित हात पारेका छन् । दुबै टिमले पहिलो खेल जित हात पारेका हुन् ।
आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।