नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा शुक्रबारबाट ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ सुरु भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी, प्राज्ञ सभा सदस्य सुन्दर सिंख्वाल र अग्रज कलाकार उदयचरण श्रेष्ठले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नुभयो ।
‘डिसहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान गरिएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो । बाह्रखरी मिडियाले यो वर्षदेखि विगतका वर्षभन्दा पुरस्कार राशि बढाएको जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपियाँका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । सो पुरस्कार राशि विगतका वर्षमा भन्दा बढी हो ।
दूरसञ्चार सेवाप्रदायक एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माइकल फोले नियुक्त हुनुभएको छ । कम्पनीको व्यवस्थापनले आगामी कात्तिक १५ गतेदेखि लागु हुने गरी उहाँलाई नयाँ सिइओ नियुक्त गरेको हो । एनसेलमा आबद्ध हुनुअघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यसअघि सात वटा फ्राङ्कोफोन अफ्रिकी बजारको सञ्चालनको जिम्मेवारीमा रहेर उहाँले काम गर्नुभएको थियो । त्यसअघि उहाँले टेलिनोर पाकिस्तान (टिपी) का सिइओका रूपमा काम गरिसक्नुभएको एनसेलले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
कोशीमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने सात उद्योगले बुझाउनुपर्ने बक्यौता हर्जानाका कारण बर्सेनि बढ्दो छ । सातमध्ये चार उद्योग अदालतबाट अन्तरिम आदेश लिएर ढुक्कसँग बसेका छन्, जसको बक्यौता पनि भारी छ । विराटनगरको रघुपति जुट मिल, बाबा जुट मिल, सुनसरीको अरिहन्त मल्टिफाइबर्स र अरिहन्त पोलिप्याकबाट तत्काल बक्यौता असुल गर्ने बाटो बन्द छ । यी उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् ।
सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्न जाने पर्यटकले पदयात्राकै क्रममा फोरजी सुविधा उपयोग गर्न सक्ने भएका छन् । चार हजार ३५० मिटरको उचाइमा पर्ने तिलिचो ताल जाने पदयात्रीलक्षित नेपाल टेलिकमले माइक्रोवेब प्रविधिमार्फत टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।
वाणिज्य बैङ्कले कात्तिकका लागि पनि ब्याजदर घटाएका छन् । निरन्तर घटने क्रममा वाणिज्य बैङ्कको ब्याजदर एकल अङ्कमा रहेको छ । कात्तिकका लागि अधिकांश बैङ्कले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । बैङ्कले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर औसत ५.२० प्रतिशतमा झरेका छन् । असोजमा यस्तो औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ प्रतिशत थियो ।
सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य आङ फुर्वा शेर्पा (कान्छा शेर्पा) को बिहीबार निधन भएपछि एक इतिहासको अन्त्य भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले शेर्पाको निधनमा दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताउनुभएको छ । शेर्पाको बुढानीलकण्ठ नगरपालिका–११, कपनस्थित निवासमा ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको एक मात्र लक्ष्य भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु रहेको बताउनुभएको छ ।
नेपाली सेनाले गत भदौ २३–२४ गते नवयुवा जेनजी आन्दोलनका क्रममा मानवीय क्षति रोक्ने रणनीति अपनाएको स्पष्ट पारेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ । महामन्त्री गगनकुमार थापाले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चारबर्से कार्यका मङ्सिर मसान्तमा सकिने भएकाले १५ औँ महाधिवेशन मङ्सिरमै गर्ने प्रस्ताव पेस गर्नुभएको हो ।
नयाँ सरकार गठनपछि एक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै गृह मन्त्रालयले सुशासन, पारदर्शिता र भ्रष्टाचार अन्त्य गरी समृद्ध राष्ट्रनिर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।