• १० माघ २०८२, शनिबार

अर्जुन चौपारी र चापाकोटको जित

blog

अर्जुन काफ्ले 

स्याङ्जा, माघ १० गते । प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा शनिबार अर्जुन चौपारी र चापाकोट जित हात पारेका छन् । दुबै टिमले पहिलो खेल जित हात पारेका हुन् । 

खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा शनिबार समुह डीको अर्जुनचौपारीले अर्जुन चौपारीले हरिनाशलाई ७९ रनले जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको अर्जुन चौपारीले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १६७ रन बनाएको थियो । 

अर्जुन चौपारीको लागि विपीन विक्रम शाहीले नटआउट ७० र दीनेश अधिकारीले ३६ रन बनाउनु भएको थियो । हरिनाशबाट दीवस कुवरले दुई तथा अदित पौडेल, फत्ते सिँह थापा, मिलन क्षेत्रीले एक एक विकेट लिनु भएको थियो । 

 १६८ रनको लक्ष्य पाएको हरिनाशले १८.२ ओभरमा सबै विकेट गुमाउदै ९८ रन बनाएको हो । हरिनालाई सस्तैमा समेट्न विपीन विक्रम शाहीले चार दीनेश अधिकारीले तीन विकेट लिनु भएको थियो । 

यस्तै शनिबारै भएको खेलमा चापाकोटले पुतलीबजारलाई चार विकेटले जितेको हो । शनिबार पुतलीबजारले पहिला ब्याटिङ गर्दै १७.२ ओभरमा सवै विकेट गुमाउदै ७३ रन बनाएको थियो । ७४ रनको लक्ष्य पाएको चापाकोटले १२.४  ओभरमा छ विकेट क्षतिमा ७७ रन बनाउदै जित निकालेको हो । 

स्यास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसलने स्याङ्जालाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसीत गराउने र जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगितामा विजेताले दुई लाख सहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ । उपविजेताले एक लाख ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

यस्तै तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०/१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ ।