कृष्णप्रसाद पाठकको आत्मकथा ‘आफैँलाई फर्केर हेर्दा’ को शनिबार एक कार्यक्रमबिच विमोचन गरिएको छ । पाठकको आत्मकथामा लेखकको जीवनयात्रा, सङ्घर्ष, राजनीतिक उतारचढाव, सामाजिक भोगाइ तथा व्यक्तिगत स्मृतिलाई अत्यन्तै सरल र यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ ।
चलचित्र ‘सिन्दुरे जात्रा’ मा मुख्य कलाकार अनुबन्ध हुनुभएको छ । निर्माण पक्षले अभिनेता विजय बराल र अञ्जना बराइलीलाई अनुबन्ध गरेका हो । चलचित्रमा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गर्ने सुरु गरेको निर्देशक सरोज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरू काम सुरु गर्ने छौँ ।”
१०० वर्ष अघिको गोर्खापत्र
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा आइतबार समूह चरणका अन्तिम दुई खेल हुँदै छन् । खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा आज पहिलो खेल समूह डीको अर्जुन चौपारी बिरुवद्ध हरिनाश र दोस्रो खेल समूह एको चापाकोट बिरुभ बिरुवा भिड्ने छन् ।
गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधी जनबोध मावि रुरु क्षेत्र गाउँपालिका–५ ले जितेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले ऋणीको चरित्र, मनोभाव र विगतको व्यवहार विश्लेषण गर्ने ‘प्रोफाइलिङ’ प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको ६१ औँ वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले बैङ्कका कर्मचारीमाथि ऋणीबाटै आक्रमण बढेकाले प्रोफाइलिङ प्रणाली आवश्यक भएको बताउनुभयो । ‘केवाइसी’ लाई केवल नियामक दायित्वका रूपमा नभई कर्जाको गुणस्तर सुनिश्चित गर्ने उपकरणका रूपमा लिनुपर्ने उहाँको धारणा थियो ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा आइतबार दुई खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा आज क्वाटरफाइनका दुई खेल हुने भएको हो ।
नेपाल र चीनबिच व्यापार पूर्वाधार विकास एवं प्राविधिक सहयोगका सन्दर्भमा छलफल भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको हालै सम्पन्न तेस्रो वाणिज्य सचिवस्तरीय बैठकमा यसबारे छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
स्याङ्जाको वालिङमा हुने महोत्सवलाई गण्डकी प्रदेशमा नै उत्कृष्ट मानिन्छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा गरिँदै आएको महोत्सवको ‘नवौं संस्करण आगामी माघ १४ गतेबाट सुरु हुँदै छ ।
साउदी अरब जाने नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले बेहोर्ने गरी नेपाल सरकार र साउदी अरबबिच श्रम सम्झौता हुने भएको छ । नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र साउदी अरब सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच आगामी सोमबार साउदी अरबमा हुने ग्लोबल कन्फ्रेन्समा सम्झौता हुन लागेको हो ।
राज्यको करोडौँ रुपियाँ लगानीमा निर्माण भएको विमानस्थलको वार्षिक आम्दानी ७२८ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर ४८ वर्षसम्म कच्ची धावनमार्ग हुँदा सञ्चालनमा रहेको र कालोपत्रे भएपछि ठप्प रहेको खोटाङको लामीडाँडा विमानस्थलले आर्थिक वर्ष २०८१/८२ भरमा गरेको आम्दानी यत्ति नै हो ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक रूपान्तरणमार्फत समुन्नत नेपालको अवधारणा साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सर्लाहीका मतदातासँग शनिबार काठमाडौँमा सम्पन्न अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले युवापुस्ताको परिवर्तनको आकाङ्क्षा र मुद्दालाई समयसापेक्ष कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा कुुल ३२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । जसमा १७ वटा राजनीतिक पार्टीका प्रतिनिधिले उम्मेदवारी दिएका छन् भने १५ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुुन् ।
नेपालका लागि जापानका राजदूत तोरु माइदाले नेपाल–जापान सम्बन्ध ऐतिहासिक कालखण्डदेखि नै बलियो र सुमधुर रहेको बताउनुभएको छ । जाइका अलमुनाई एसोसिएसन अफ नेपाल (जान) को ५२औँ वार्षिकोत्सव समारोहमा राजदूत माइदाले आगामी दिनमा दुई देशबिचको मित्रवत् सम्बन्धले थप उचाइ लिने बताउनुभयो ।