काठमाडौँ, वैशाख १९ गते । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसक्नुभएको छ ।यसअघि नै सत्ता साझेदार राजनीतिक दलका बीचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।यस्तै नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।
काठमाडौँ, वैशाख १९ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । यसैगरी, आज राति कोशी ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।साथै कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
प्रविधि आफैँ खराब होइन तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने कलाकार विशाल पोखरेल बताउनुहुन्छ ।
मे दिवस वा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सरकार, निजी क्षेत्र र बेरोजगार नागरिकलाई जोड्ने गरी ‘श्रम संसार’ पोर्टलको शुभारम्भ गरिएको छ ।
ताप्लेजुङकै दुर्गम लेलेपको ग्याब्लागाउँको विद्युतीकरणका लागि लघुजलविद्युत् योजना निर्माण हुने भएको छ ।
नेपालका अधिकांश भूभागमा बिहीबारदेखि करिब एक साताजसो बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ ।
अबदेखि स्वास्थ्य बिमाबाट हुने उपचारको प्रस्थानविन्दु अस्थायी बसोबास गरिरहेको स्थानबाट समेत हुने भएको छ ।
राजपत्र अनङ्कित श्रेणीका कर्मचारीले सङ्घीय निजामती सेवा ऐन जारी गर्दा अनङ्कित कर्मचारीको माग सम्बोधन गरेर मात्र ऐन जारी गर्न माग गरेका छन् ।
राजधानीको नयाँ सडक धर्मपथस्थित जुद्ध वारुणयन्त्र रहेको भवन २०७२ सालमा गएको भूकम्पका कारण जीर्ण बनेपछि पैदलयात्रीका लागि खतरा बनेको छ ।
भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउनुहुने भएको छ । सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लाग्नुभएको आयोजक वल्डवाइड फिल्मस् नेटवर्क प्रालिले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले जनताले जनताको लागि चुनेको शासनको बिकल्प नरहेको बताउनुभएको छ । राजा फर्काउन राजावादीको प्रयास सफल नहुने उहाँको भनाइ छ ।
उदयपुरको कटारी नगरपालिका वडा नं स्थित सोमबारेमा स्कर्पियो दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै अन्य छ जना यात्रु घाइते भएका छन् ।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा काँग्रेसले साहसिक निर्णय लिएकाले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताउनु भएको छ ।
परराष्ट्रमन्त्री एव् नेपाली कांग्रेसका नेत्री डा आरजु राणा देउवाले विदेशमा रहेका नेपालीहरु मुलुकका लागि ‘सफ्ट पावर’ भएको बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनु भएका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गर्नुभएको छ ।