हिन्दूहरूको दोस्रो ठूलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहीनीले दाजुभाइलाई उपहारस्वरुप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ ।
मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् । यहाँका धार्मिक, पारम्परिक र सांस्कृतिक पर्वका विधिमै कृषि उपजको महत्व जोडिएको छ ।
बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् ।
नवलपुरको अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।
धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् ।
आगामी फागुन २१ गतेका लागि तोकिएका निर्वाचनका लागि मतदाता सङ्ख्या थपिँदैछन् । निर्वाचन कार्यालयले गरिरहेको मतदाता नामावली सङ्कलनमा जेनजी उमेर समूहका युवा बढी रहेको पाइएको छ । २०७९ को निर्वाचनसम्म डडेलधुरा जिल्लामा ९४ हजार ३१४ मतदाता थिए । जिल्ला निर्वाचन कार्यालय डडेलधुराका कार्यालय प्रमुख करुणाकर अवस्थीका अनुसार हाल सङ्कलन भइरहेको मतदाता नामावली सङ्कलनमा दैनिक मतदाताको सङ्ख्या थपिँदै गइरहेका छन् ।
ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झर्नुभएको थियो । गाउँबाट बजार झर्नुभएकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो ।
नाम्खा गाउँपालिका–६ को न्यालु लेकमा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पाँच हजार मिटर अग्लो सडकमा जमेको हिउँ एक्साभेटरबाट पन्छाउने कार्य सम्पन्न भएपछि यातायात सुचारु भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
जिल्लाको कोशी गाउँपालिका–८ शर्मा टोलमा नवजात शिशु (छोरा) प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा फेला परेको छ ।
जिल्लाका पशुपालक किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु विकास तथा दूध उत्पादनमा किसानलाई प्रोत्साहन गर्न रु ८० लाख अनुदान वितरण गर्ने भएको छ ।
सर्लाहीको धनकौल गाउँपालिकास्थित मनुष्मारा खोलाले तीन दिनअघि बगाएर बेपत्ता बालिका नभेटिएपछि सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली शनिबार साँझ बर्दिवास फर्किएको छ ।
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।
कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित हुनुभएको छ । उहाँको लेखन–यात्राको स्वर्ण वर्षको अवसर पारेर ‘नझरेका फूलहरू’ नामक संस्थाले एक कार्यक्रम आयोजना गरी उहाँलाई सम्मान गरेको हो । कार्यक्रममा अधिकारीको हालै प्रकाशित कवितासङ्ग्रह ‘पानीको परेड’ बाट कविहरू कवितावाचन गरेका थिए भने विभिन्न कलाकारले अधिकारीका गीतहरूको गायन र नृत्य प्रस्तुत गरेका थिए ।