सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासले गंगोत्री इङ्लिश सेकेन्डरी स्कुल, महेन्द्रनगर धनुषामाथि पुनरागमन जित हासिल गरी खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी जितेको छ ।
तिहारनजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन न्यून भएकाले बजारमा फूलको अभाव देखिएको हो ।
बाजुरामा दसैँको बेला प्रदेशीले भरिभराउ भएका गाउँ दिपावली सुरु भएसँगै खाली हुन थालेका छन् ।दसैँ मनाउँन गाउँमा फर्किएका प्रदेशीहरु फेरि भारतमा आफ्नो रोजगारी छुट्ने डरले धमाधम जान थालेपछि फेरि गाउँ खाली हुन थालेका हुन् ।
वरिपरि सुन्दरडाँडा, फेदीमा देखिने सुन्दर सिउँडीबार र फूलबारी बजार अनि राष्ट्रिय झन्डा फर्पmराउँदै सरर चल्ने हावाले सिरसिरेडाँडालाई मनमोहक बनाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारस्थित सिरसिरेडाँडा अचेल आन्तरिक पर्यटकको गन्तव्य बनेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका १० वटा घडियाल गोहीलाई निकुञ्जभित्र रहेको खौराहाखोलामा छोडिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेल र नेपाली सेनाको वन्यजन्तु आरक्ष निर्देशनालयका सहायक रथी पुरनभक्त घलेसमेतको टोलीले गोहीलाई प्राकृतिक वासस्थानमा छोडेको हो ।
दसैँमा घर फर्किन नपाएका नेपाली तिहारका लागि फर्किने क्रम फेरि बढेको छ । भारतमा रोजगारी गर्न गएका नेपाली तिहार मनाउन अहिले ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । जसले गर्दा यहाँस्थित नेपाल–भारत जमुनाह नाकामा भिडभाड धेरै बढेको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाले गर्भवती महिलालाई नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि प्रोत्साहित गर्न पोषणभत्ता वितरण गर्दै आइरहेको छ ।
गत वर्ष माघ १० गते शिलान्यास गरिएको बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको काम हालसम्म १५ प्रतिशत मात्र पूरा भएको छ भने वित्तीय प्रगति जम्मा १२ प्रतिशतमा सीमित छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि चन्द्रौटासम्मको ६९ किलोमिटर सडक विस्तार योजनामा पहिलो चरणमा बुटवल–गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटरमा निर्माणको काम जारी छ । बाँकी १९ किलोमिटर (गोरुसिङ्गे–चन्द्रौटा खण्ड) विस्तारको प्रक्रिया सरकारले चाँडै अघि बढाउने तयारी गरेको छ ।
काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटीद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गर्नुभएको छ ।
गोरखा सदरमुकामबाट प्रहरीले २० केजी पटकाजन्य पदार्थ बरामद गरेको छ । सदरमुकामको विभिन्न स्थानमा चेकजाँच तथा खानतालसी गर्ने क्रममा शनिबार बेलुका सो परिणामाको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रौतहटका नौ वटा स्थानीय तहको आर्थिक कारोबार बन्द भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले गौर नगरपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, परोहा नगरपालिका, बौधीमाइ नगरपालिका, मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गढिमाइ नगरपालिका र माधवनारायण नगरपालिकाको खाता बन्द गरेको छ ।
नवौं मण्डली कपको उपाधि मणिमुकुन्द भलिबल क्लव रुपन्देहीले जितेको छ । मामा भान्जा युनाईटेड क्वल, रामपुरलाई ३–१ सेट अन्तरले पराजित गर्दै मणिमुकुन्दले उपाधि चुमेको हो ।
तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिनुभयो ।
हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताउनुभयो । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले विद्यालयको कम्प्युटर र पंखा चोरी गरी बिक्री गर्ने तथा खरिद गरेको आरोपमा दुवै पक्षका गरी ६ जनालाई पक्राउ गरेको छ ।