स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्याङ्जाको वालिङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्मको स्थापना दिवस पारेर सहिद परिवारका सदस्यलाई सम्मानित गरिएको छ ।
राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा कोशी प्रदेशका पाँच जना सांसद र नौ जना स्थानीय तहका पदाधिकारीसहित १४ जना मतदानमा अनुपस्थित भएका छन् ।
चितवनको सौराहामा ‘जङ्गल सफारी क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्र्तगत मधेश प्रदेशमा चार सिटका लागि मतदान सम्पन्न भएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएको छ ।
दुई जना प्रदेश सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा आज भएको निर्वाचनमा २२० मत खसेको छ ।
मोरङको मिक्लाजुङ–४ सफेवामा स्थानीय खेलप्रेमीले पहारा फोरेर खेलमैदान निर्माण गरेका छन् ।
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरू भएको छ। दाङको घोराही–१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
गैरसरकारी संस्था महासङ्घ नेपालले काठमाडौँमा दुई दिने केन्द्रीय समिति बैठक सम्पन्न गर्दै १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि दुई सय ८६ जनाले मतदान गर्नुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ७८ जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गर्नुभएको हो ।
राष्ट्रिय सभा सदस्यको आइतबार भएको मतदानमा गण्डकी प्रदेशमा दुई सय २३ जनाले मतदान गर्नुभएको छ। स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी एक सय ६६ जना र प्रदेशसभाका ५७ जनाले मत हाल्नुभएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारसँग रणनीतिक छलफल गर्नुभएको छ।