१०० वर्ष अघिको गोर्खापत्र
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो । यस मुलुकको समग्र विकासका लागि राष्ट्रिय एकता निरन्तरको अपरिहार्य आधार हो । विविधतायुक्त परिवेश भएका कारण रा
कुनै बेला स्कुल तहमा पनि स्वतन्त्र विद्यार्थी युनियन गठन गर्ने चलन थियो । त्यही विद्यालय स्ववियुदेखि पार्टीको केन्द्रीय सदस्यसम्म भइसक्नुभएकी सम्झना देवकोटालाई जनप्रतिनिधि हुन लामो समय पर्खिनुपर्यो । ५७ वर्षीया देवकोटा चौथो प्रयासमा आइतबार जनप्रतिनिधि चुनिनुभयो ।
चुनावी वातावरणसँगै लगानीकर्ताको धारणा सकारात्मक बन्दै जाँदा सेयर बजारले २८ सयको विन्दु पछ्याएको छ । चुनावी माहोलले राजनीतिक स्थिरताप्रति लगानीकर्ताको अपेक्षा बढेसँगै सेयर बजारमा उत्साह देखिएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५७ अङ्कले बढेको छ भने कारोबार रकम पनि १४ अर्बनजिक पुगेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै शिक्षामा भइरहेको राजनीतिकरण अन्त्य हुनुपर्ने माग युवा पुस्ताका शिक्षकहरूले अघि सारेका छन् । उनीहरूले हरेक राजनीतिक दलको चुनावी घोषणापत्रमा यस विषयलाई प्राथमिकताका साथ समेटिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
मुलुकमा करिब आठ सय उद्योगमा एक खर्ब रुपियाँभन्दा बढी लगानी प्रस्ताव भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा स्वदेशी विदेशी ७८१ उद्योगमा एक खर्ब ३० अर्ब लगानी प्रस्ताव भएको उद्योग विभागले जनाएको छ ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा सोमबार सेमिफाइनलका खेल हुने भएको हो ।
चौथो संस्करणको ‘चिल्ड्रेन लाइफ कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि अमर आदर्श आवासिय मावि र आदर्श विद्यामन्दिर भिड्ने भएका छन् ।
कोशी प्रदेश सरकारले आफ्ना कर्मचारीको अवकाशपछिको जीवनलाई व्यवस्थित र सुरक्षित बनाउन ‘योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) प्रणाली’ औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय र कर्मचारी सञ्चय कोषबिच यससम्बन्धी द्विपक्षीय सम्झौता भएसँगै लामो समयदेखिको अन्योल अन्त्य भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जाका उम्मेदवारहरू मत माग्दै नागरिकको घरघरमा पुग्न थालेका छन् । दलहरुले साप्ताहिक योजना नै बनाएर नागरिकको घरघरमा पुग्न थालेका हुन् ।
वैदेशिक रोजगार विभागले पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने नेपाली श्रमिक ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको छ । विभागले ब्याचलर, कुक तथा सिपयुक्त श्रमिकलगायतका भिसामा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने श्रमिक अत्यधिक मात्रामा ठगीमा पर्ने गरेकाले सचेत रहन आग्रह गरेको हो ।
लोप हुँदै जान लागेको लोक तथा चुड्का भजन संरक्षणका लागि जिल्लाका युवा जुटेका छन् । यस क्षेत्रमा रुचि राख्ने युवाले मन्थलीमा भेला आयोजना गरी भजनको संरक्षणका लागि जुटेका हुन् । ‘धर्म, संस्कृति हाम्रो पहिचान, पहिचान जोगाउनु नै हाम्रो अभियान’ भन्ने नाराका साथ राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान तदर्थ समिति रामेछापले आयोजना गरेको पहिलो अधिवेशनबाट निर्वाचित नयाँ टोली यसको संरक्षणमा जुटेको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ ।
यात्रा जतिसुकै लामो होस् पहिलो पाइलाबाटै सुरु गर्नु पर्छ । बौद्ध भिक्षुहरूले अक्टोवर २६ मा टेक्ससको फोर्टवर्थबाट सुरु गरेको पहिलो पाइला नर्थ क्यारोलाइनाको सदरमुकाम रालेसम्म आइपुग्दा दसौँ लाखको आसपासमा पुग्यो होला तर पनि ती पाइला रोकिएका छैनन् निरन्तर चलिरहेका छन् । शान्तिको दियो लिएर उनीहरू अहिले रालेनजिकै पुगेका छन् ।
साहित्यिक पत्रकार सङ्घले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का ‘गद्य रचनाहरू’ तथा ‘नसा नसामा’ गीतको लोकार्पण गरेको छ । जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी ग्रन्थ र नसा नसामा बोलको गीतको लेखन नरेन्द्रबहादुर श्रेष्ठले गर्नुभएको हो । नसा नसामा गीतमा स्वर/सङ्गीत नरहरि प्रेमीको रहेको छ ।