आइतबार राति चितवनका दुई ठाउमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार पूर्वपश्चिम राजमार्गको लदरी पुलमा र भरतपुरको धर्म चोकमा दुर्घटना भएका हुन् ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
ताप्लेजुङमा दसैँपछि बढ्न थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ८८ हजार रुपियाँ पुगेको छ । दसैँअघिसम्म प्रतिमन ८० हजार रुपियाँमा कारोबार हुँदै आएको अलैँचीको मूल्य बढेर आइतबार ८८ हजार रुपियाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ ।
मानसरोवर कैलाश यात्रा गर्ने सिजनमा हुम्लाका होटेल व्यवसायीले झन्डै सात करोड रुपियाँको कारोबार गरेका छन् । साढे पाँच महिनाको पर्यटकीय सिजनमा सदरमुकाम सिमकोट र हिल्साका होटेल व्यवसायीले सो कारोबार गरका हुन् ।
हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी ९खोप० खुवाइएको छ ।
चालु आर्थिक बर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ ।
विसं २०७४ फागुन ६ गते कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने घोषणा ग¥यो । त्यसले उच्च आशा त जगायो तर सात वर्षपछि पनि त्यसको परिणाम भने निराशाजनक छ । प्रदेशको प्राकृतिक भूपरिवेश, माटो र परम्परागत खेती प्रणालीले कर्णालीलाई अर्गानिक उत्पादनको केन्द्र बन्ने अवसर दिएको छ । व्यवहारमा भने रासायनिक मल र विषादीको बढ्दो प्रयोगले यो पहिचान धमिल्याइरहेको छ । सरकारी संयन्त्र स्वयम् रासायनिक विषादी सिफारिस गर्न बाध्य छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
तिहारको भाइटीकाका दिनबाहेक तिहार बिदाभर मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक सबै बैङ्क तथा वित्तीय संस्था खुला रहने भएका छन् । नेपाल राष्ट्र बैङ्कले तिहारको भाइटीकाका दिनबाहेक तिहार बिदाभर सबै बैङ्क तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै तिहारभर बैङ्क खुला राख्न निर्देशन दिएको हो ।
असोज १८ गतेदेखिको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्ममा तीन अर्ब २६ करोड ७६ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको शुल्क स्वीकृत गराएर मात्र लागु गराउन इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएको छ । इन्टरनेट सेवाप्रदायकहरूले मनोमानी ढङ्गले शुल्क तोकेको गुनासो बढेपछि प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को व्यवस्थाबमोजिम यस्तो शुल्क स्वीकृत गराउन सचेत गराएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।