माघ पर्व मनाएसँगै थारु समुदायमा परम्परागत रूपमा सञ्चालन हुँदैआएको मटाँवा, बरघर र भलमन्सा चयनलई तिब्रता दिइएको छ । गाउँको सामाजिक, न्यायिक, सांस्कृतिक तथा विकाससम्बन्धी नेतृत्व गर्दैआएको मटाँवा प्रथामा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताको आकर्षण बढ्दैगएको छ ।
सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता र सामाजिक मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोपमा एक व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरिएको छ ।
मानिसको बदलिँदो जीवनशैलीसँगै फिजियोथेरापी उपचारप्रति जनविश्वास दिनप्रतिदिन बढ्दै गएको छ । मानव स्वास्थ्यमा फिजियोथेरापीको महत्त्व बढेसँगै गण्डकी अस्पतालको फिजियोथेरापी विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या दिनप्रतिदिन उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका २७ मतदानस्थलको सुरक्षाका लागि अनुगमन गरिएको छ ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट मत खसाल्ने महिला मतदाताको सङ्ख्या तुलनात्मकरुपमा बढी रहेको छ । ३० वडा रहेका क्षेत्र नम्बर २ मा एक लाख नौ हजार ५७४ मतदाता छन् ।
पछिल्ला केही वर्षयता नेपालमा सर्ने रोगभन्दा पनि नसर्ने रोगहरु चुनौतीका रुपमा देखिएको भन्दै यसलाई न्यूनीकरण तथा रोकथामका लागि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
मोरङका दक्षिणी गाउँमा वनको पहुँच नपुग्दा त्यस क्षेत्रका महिला हिउँदभरि गोबरका गुइँठा बनाउन व्यस्त हुन्छन् । अति विपन्न परिवारका लागि दक्षिणी मोरङमा खाना पकाउने प्रमुख ऊर्जा नै गुइँठा हो । मोरङका १७ पालिकामध्ये छ वटा पालिकामा वन छैन । त्यस क्षेत्रका बासिन्दालाई वनको पहुँचमा पु¥याउने उद्देश्यले सरकारले चार वटा साझेदारी वन गठन गरेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका–४ की २४ वर्षीय रुबी खातुनलाई विवाहमा मागेजति दाइजो नदिएका कारणले घरपरिवारले झुन्ड्याएर हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । ज्वाइँ वैदेशिक रोजगारमा रहेको मौकामा विगतदेखि माग्दै आएको दाइजोको सरसामान, गरगहना र जग्गा नल्याएको भन्दै सासू र ससुरा मिलेर रुबीको हत्या गरेको रुबीका ५० वर्षीय बुवा अजमल अन्सारीको आरोप छ ।
कीर्तिपुरस्थित त्रिबि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ट्समा नेपाली टोलिकी कप्तान इन्दु बर्माले ट्स जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । यससँगै स्कटल्याण्डले पहिला ब्याटिङ गर्नेछ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित शान्तिकटान टोलका स्थानीयवासीले शिबगंगा नदीमा पक्की पुल निर्माण गर्ने राजनीतिक दललाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्ने बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा खोटाङमा पुराना तीन पार्टीबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट १५ जनाले मनोनयन दर्ता गरे पनि २०७९ मा भएको चुनावको मतपरिणाम अनुसार मुख्य प्रतिस्पर्धा पुरानै तीन पार्टीको हुने देखिन्छ । यद्यपि नयाँ पार्टीले पनि उत्तिकै चुनौती दिने देखिन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा निकै रोमाञ्चक हुने भएको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी ४१ जना उम्मेदवार क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रेपछि प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुगेको राजनीतिका जानकार तथा सेवा निवृत्त सहप्राध्यापक ध्रुव रायले बताउनुभयो ।
गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिताका विषयमा दलहरुलाई सचेत बनाएको छ । दलहरु चुनावी अभियानमा गाउँ पसिसकेका छन् भने निर्वाचन आयोगले पनि आफ्ना नियमित तयारीका काम गरिरहेको छ ।
जिल्लाको रामपुर नगरपालिका ७ का कृषकलाई अनुदानमा मिनी टेलर (हाते ट्याक्टर) वितरण गरिएको छ । पछिल्लो समय गाउँघरमा गोरु पाल्न छोडेको अवस्थामा ग्रामीण भेगका कृषकको सहजताका लागि वडा कार्यालयले मिनी टेलर उपलब्ध गराएको हो ।