रुखबाट खसे बाँचिन्न । दिनभर टिपेपछि बल्ल एक डोका पुग्छ । इस्मा गाउँपालिका-५, रजस्थलकी ४० वर्षीया सरस्वती कुमाल हरेक तिहारमा चिउरीका पात बोकेर तम्घास बजार आउनुहुन्छ ।
विद्यालयमा हुने लैङ्गिक हिंसा रोकथाम र लैङ्गिक समानता प्रवर्धनका लागि टुकी सङ्घ सुनकोशीले सुनकोशी गाउँपालिका जनप्रतिनिधि, कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
दुबै मृगौला फेल भएर सिकिस्त बिरामी हुनुभएका वरिष्ठ लोक गायक कमल विके निर्मोहीलाई ५१ हजार राशीको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” प्रदान गरिने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुले सुपथ मूल्य पसलबाट एक हजार ४८० क्विन्टल चामल बिक्री गरेको छ ।
नेपालगन्जका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. विनोदकुमार थापालाई अग्रज चिकित्सक सम्मानबाट सम्मानित गरिएको छ । दीर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकमको छैठौं बार्षिकोत्सवमा डा. थापालाई अग्रज चिकित्सक सम्मान प्रदान गरिएको हो ।
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० बढेको छ ।
ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोसी खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मा (बिबेक) लाई संखुवासभामा प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ ।
गुल्मीका दुई स्थानीय तहले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले १५ शय्याका अस्पताल सञ्चालनमा ल्याएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुहुने भएको छ ।
दाङको घोराहीमा प्रहरीले वडाध्यक्षसहित १३ जनालाई पक्राउ गरेको छ । आइतबार राति घोराही उपमहानगरपालिका–१५, काठेकोहलमा रहेको होटल टिथ्रीमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणी अर्यालसहित नौ जनालाई पक्राउ गरेको हो ।
तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदा पनि सञ्चालन भइरहेको छ । आयोजना व्यवस्थापनले निर्धारित समयसीमा भित्र आयोजना पूरा गर्ने लक्ष्यअनुसार पर्वको बिदा मनाउँदै गर्दा पनि काम निरन्तर सञ्चालन भइरहेको जनाएको छ ।
मकालु गाउँपालिका–३ की २९ वर्षीया गर्भवती सीता तामाङलाई स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार बिहान हेलिकोप्टरमार्फत विराटनगरस्थित कोशी अस्पताल लागिएको छ ।
ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् ।
तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएका छन् भने दुई जना घाइते भएका छन् ।