सोमबार बागलुङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितात्मक काव्य गोष्ठीमा शर्मासहित झण्डै एक दर्जन स्रष्टाले आफ्ना रचना सुनाए ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आन्तरिक रावश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ र०८३ को पहिलो तीन महिनामा ७५ करोड २७ लाख ४४ हजार राजश्व सङ्कलन गरेको छ ।
बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् ।
आयोजक ज्योतिपुञ्ज युवा क्लव रामपुरले वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको उपाधी जितेको छ ।
भरतपुर महानगरपालिका–१० स्थित एयरपोट नजिकै सोमबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार मङ्गलबार दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ ।
स्याङ्जामा पूर्व वडाध्यक्ष र अहिलेका वडा सदस्यसहित जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् ।
तनहुँ जिल्ला अदालतले तिहार बिदा पनि नागरिकलाई आवश्यक पर्ने सेवा निरन्तर गर्ने व्यवस्था मिलाएको छ ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–९ ददल्कामा आगलागी भएको छ । दिपावलीको अवसरमा मैनबत्ती बाल्ने क्रममा स्थानीय ४५ वर्षीया शान्ती परियारको ढुङ्गा–माटोले बनेको गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गगाबहादुर सारुले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका –४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ । स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका विपिन जोशीको शव घरमा ल्याइएको छ । सोमबार काठमाडौँ विमानस्थलबाट धनगढी हुँदै विपिनको शव घरमा पुगाइएको हो ।
महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औ जन्मजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ ।
कञ्चनपुरका विपिन जोशीको शव उहाँको घरमा पुगेको छ । सोमबार इजरायलबाट काठमाडौं पुगेको शव सोही दिन नै उहाँको घर लगिएको हो ।