अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले एक गोप्य हतियार प्रयोग गरेको दाबी गर्नु भएको छ । सो हतियारका कारण भेनेजुएलाका सैन्य उपकरण काम नगर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।
नेपाली सेनाको राजविराजस्थित बरखगणले आफ्नो २४३औँ वार्षिकोत्सवको अवसरमा बहिरा तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई भोजन गराई न्यानो कपडा वितरण गरेको छ ।
भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् ।
आगामी फागुन २१ हुन लागेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि हुम्ला जिल्लामा निर्वाचन प्रहरीको मौखिक परिक्षाको परिणाम सार्वजनिक भएसँगै सवै चरणबाट छनाेट कार्य पुरा भएको छ ।
म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै यहाँ निर्वाचनको माहोल बन्दै गएको छ ।
दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको अधिकारीले बताएका छन् । फिलिपिन्स कोस्ट गार्ड (पिसिजी)का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताउनु भएको छ ।
मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
बाजुराका महिलालाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने चटारो छ । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा माघ महिना पुरैसम्म विवाह गरेर पोइली घरमा रहेकी चेलीलाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने प्रचलन छ ।
टर्कीको इस्तानबुलमा आइतबार राति भएको प्रतियोगितामा एरिकाले ६८ केजी तौल समूहको महिला कुमितेमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्नुभएको हो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२६ आगामी फागुन २ गते हुने भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही ४ मा आउँदै हुनुहुन्छ ।
नेपाल उद्योग महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताउनुभएको छ ।
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको सकुशल उद्धार गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ ।