कुटनीतिक सम्बन्ध स्थापना स्थापना गर्ने उद्देश्यले माघ २४ गतेदेखि २८ गतेसम्म दशरथ रङ्गशालामा उक्त खेल हुन लागेको हो ।
भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा डुङ्गामा सवार यात्रु मध्ये एक जना जीवित रहेको पुष्टि भएको छ भने ५० जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले जनाएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा १६ मत बदर भएको छ ।
नेपालकी सीता रानामगरले खराब फिल्डिङ र ब्याटिङमा साझेदारी बन्न नसक्दा आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डसँग फराकिलो हार सामना गर्नु परेको बताउनुभएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ ।
संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोग (ओएचसीएचआर) ले दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षासम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट पनि काठमाडौँ नै आउनुपर्ने अवस्था अन्त्य गर्न माग गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले सरकारले स्वास्थ्य बिमा सुधारका कार्यक्रम ल्याउने बताउनुभएको छ ।
नेपाल प्रहरीले अवैध लागूऔषध खैरोे हिरोइनसहित एकजनालई पक्राउ गरेको छ ।
यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार यूक्रेनको लागि अमेरिकाबाट प्रस्ताव गरिएको सुरक्षा ग्यारेन्टी दस्तावेज पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ ।
इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आकर्षण बढेको छ । माघ ५ गतेदेखि आयोग परिसरमा सुरु भएको कल सेन्टरमा आइतबारसम्म ७९२ जनाले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको छ ।
टाइगर कप भलिबलको सोमबार भएका खेलमा महिला र पुरुष दुबैतर्फ सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ ।