गुल्मीको तम्घासमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा समूह ‘ए’ मा सन्दीप पुलामी र इश्वर विक, समूह ‘बी’ मा बालसिंह काउछा र कुमार थापा प्रथम हुनुभएको छ।
पाँचथरमा सेना, प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् ।
जनताको आवश्यकता र सार्थक सहभागिता बिना निर्माण भएका नीति र ऐन कानून कार्यान्वयनमा समस्या आउने गरेको सरोकारवालाहरूले टिप्पणी गरेका छन्। बनेका सारभूत कानुन र नीति पनि आवश्यक बजेट, कार्यक्रम र संरचनाको अभावमा अलपत्रको अवस्थामा रहेको उनीहरूको टिप्पणी छ।
अमेरिका र अष्ट्रेलियाले दुर्लभ धातु र महत्वपूर्ण खनिजको आपूर्ति बढाउन एक सम्झौतामा हस्ताक्षर गरेका छन् । यो कदम यस क्षेत्रमा चीनको प्रभुत्वलाई चुनौती दिने ट्रम्प प्रशासनको रणनीतिको हिस्सा हो ।
म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रसिद्ध धाइरिङ भुमेठाकुर मन्दिर धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको छ ।
तिहारलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ ।
एशियाका प्रमुख सेयर बजारमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ । जापानको मुख्य सेयर सूचकाङ्क निक्केई दुई सय पच्चीस शतप्रतिशत ०.८ ले बढ्दै ४९ हजार पाँच सय पञ्चानब्बे दशमलव बहत्तर अंकमा पुगेको छ ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले भदौ २३ र २४ को घटना विदेशी योजनाअनुरुप भएकाले त्यसमा नेपालीहरु चनाखो हुनुपर्ने बताउनुभएको छ । एमाले भक्तपुर जिल्ला कमिटीद्वारा मंगलबार आयोजित शुभ दीपावली, नेपाल संवत् ११४६ नयाँ वर्ष तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम उहाँले सो कुरा बताउनुभयो ।
इटालीमा विदेशी उद्यमीको सङ्ख्या बढ्दै गएको र आप्रवासी कामदारले सन् २०२४ मा इटालीको अर्थतन्त्र र जनसाङ्खिकीयमा महत्वपूर्ण भूमिका खेलेका सोमबार जारी गरिएको एक रिपोर्टले देखाएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा वडाको सक्रिय पहलमा १०७ घरमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ ।
सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर बेपत्ता बालिका पाँच दिनपछि मङ्गलबार मृत फेला परेकी छन् ।
युरोपेली संघका सदस्य राष्ट्रले रुसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा बन्द गर्ने प्रस्तावमा सहमति जनाएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा आज चार घण्टाभन्दा बढी समय छलफल गर्नुभएको छ। बिहान साढे १० बजे सुरु भएको छलफल सकिएको छ।
हमासले इजरायलसँगको गाजा सम्झौता उल्लङ्घन गर्यो भने यसलाई यसलाई पूर्णरूपमा ‘अन्त्य’ गरिने छ, तर प्यालेस्टिनी लडाकू समूहलाई युद्धविरामको सम्मान गर्ने मौका दिने छन् ।
हरेक बर्षझै यस वर्ष पनि तिहारको किनमेल गर्न नेपालगन्ज र सो वरिपरिका अधिकांश उपभोक्ता सीमापारीको रूपैडिहा बजार पुग्नेगरेका छन् । नेपाली बजार सुनसान पारेर सीमा पारीको बजारमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने गरेको छ ।