हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरुबिचको संवादले निर्वाचनको माहोल बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र राजनीतिक दलहरुबिच भएको छलफलबाट सरकार उत्साहित बनेको छ । यसले निर्वाचनको वातावरण बनेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक दल र जनेजनीलगायत सबै सरोकारपक्ष उत्तिकै जिम्मेवार भएर प्रस्तुत भएका छन् ।”
देशका विभिन्न स्थानमा चलिरहेको जुवातास नियन्त्रण अभियानअन्तर्गत १०९ जना व्यक्ति पक्राउ परेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
पूर्व पश्चिम राजमार्गको टिकौली जङ्गलमा भएको दुर्घटनामा एकजनाको मृत्यु र नौजना घाइते भएका छन् ।
जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभएको छ।
अहिले देशभर तिहारको रौनक छाएको छ। दीपावलीको उज्यालोसँगै घर–आँगनमा झलमल्ल बत्ती बलेका छन्। नेपालका हरेक कुनामा बत्ती, रङ र संगीतको छटा छरिएको छ।
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङ्गौराका लोकेन्द्र रोका मगरको परिवार जलजला पुष्प फार्ममा बिक्रीका लागि सयपत्री फूलको माला उन्दै स्थानीय ।
ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ।
मनाङ ङिस्याङ गाउँपालिका-८ याकखर्कअन्तर्गत अन्नपूर्ण पदमार्गमा अवस्थित समुद्री सतहदेखि तीन हजार सात सय मिटर उचाइँमा याकखर्कबाट देखिएको अन्नपूर्ण हिमशृङ्खला ।
यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ ।
सप्तरीमा बोतलमा भरेर पेट्रोल बेचेको जताततै देखिन्छ । सहरदेखि गाउँसम्मको पसल र सडक किनारमा बोतलमा पेट्रोल भरेर बेच्ने काम भइरहेको हुन्छ।
इलामको माङसेबुङ गाउँपालिका–२ इभाङमा नव चुक्चीनाम्बा युवाक्लबको आयोजनामा भएको फुटबल प्रतियोगिताको फाइनलको अवसरमा के लाङ (च्याब्रुङ नाच) प्रदर्शन गर्दै लिम्बू अगुवा ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ।
चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा २५ वर्षको भाले गैँडा मृत फेला परेको हो। निकुञ्जको अमलटारी सेक्टरको कोर एरियाको बाँदरझुला क्षेत्रमा २५ वर्षको गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुुभयो।