प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन सकिएसँगै आचारसंहिता उल्लङ्घनका घटना नियमन र नियन्त्रणमा निर्वाचन आयोगले कडाइ गरेको छ । आयोगले मनोनयन दर्तासँगै प्रचारका घटनामा केन्द्रित रहेर उम्मेदवार तथा संस्थालाई समेत स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगको राजनीतिक दल तथा कानुन महाशाखाका अनुसार आइतबारसम्म आठ वटा स्पष्टीकरण सोधिएको छ । जसमा बहालवाला मुख्यमन्त्रीदेखि उम्मेदवारसम्म छन् ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनसँगै थप सुरक्षा सतर्कता अपनाइएको छ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबिच हुने चुनावी कार्यक्रम, उम्मेदवारहरूको आवतजावत र बसाइमा कुनै पनि सुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । गृ
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको अन्तिम तयारी भइरहेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण नेपालद्वारा सोमबार आयोजित प्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले मतदानका लागि अन्तिम तयारीका काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेपाली कांग्रेससहित प्रमुख राजनीतिक दलले गठबन्धन नगरी आफ्नै उम्मेदवार उठाएपछि रौतहट क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धा हुने भएको छ । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेपाली कांग्रेसबाट अनिलकुमार झा, नेकपा (एमाले) बाट अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेशकुमार चौधरी, जनता समाजवादी पार्टी नेपालबाट योगेन्द्र यादवसहित ३९ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।
ताप्लेजुङको फुङलिङ बजारमा रहेको अनमोल ज्वेलर्सबाट चाँदी चोरी भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ फुङलिङ नगरपालिका २ घ
पश्चिम नेपालमा वर्षा र हिमपात गरेर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ ।
नेकपा (माओवादी केन्द्र) का तत्कालीन काठमाडौँ महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। सोमबार दिउसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले उहाँलाई पार्टी प्रवेश गराउनुभएको हो ।
इरानमा जारी सरकार विरोधी प्रदर्शनमा सुरक्षा फौजले गरेको दमनका क्रममा करिब छ हजार मानिसको मृत्यु भएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले कांग्रेसलाई लगाएको गुणबारे आफू राम्रोसँग जानकार रहेको बताउनु भएको छ ।
२०८२ फागुन २१ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।
बाह्र वर्षपछि राजनीतिक दलहरुबिच एक्ला–एक्लै प्रतिष्पर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । तीन वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नुभएका हेवीवेट उम्मेदवार पृथ्वीसुब्बा गुरुङलाई यस पटक कांग्रेस र रास्वपाका उम्मेदवारले चुनौती दिने बताएका छन् ।
नेपाल विद्यालय खेलकुद महासङ्घ (एनएसएसएफ) को आयोजनामा आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स सोमबार सम्पन्न भएको छ ।
थारू कल्याणकारिणी सभा (थाकस) ले स्थापनाको ७७ औं दिवस आज मनाएको छ । वि.सं. २००५ माघ १२ गते वैधानिकता पाएको स्मरणमा थाकसले स्थापना दिवस मनाएको हो ।
नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध रुपमा संरक्षित वन्यजन्तु जिउँदो कछुवा ओसारपसार गरी खरिद बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।