युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवत्ले विशिष्ट भूमिका खेलेको बताउनुभएको छ ।
मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ बुक तास, १६ वटा कौडासहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान ११ बजे फुङलिङ नगरपालिका –८ बाहन्नदेनजिक बानियाँ खोल्सीमा मोटरसाइकल दुर्घटना हुँदा दिल तुम्रोक र मुक्साम लिम्बू घाइते हुनुभएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कण्ठिपुरले तिहारमा सयपत्री फूल उत्पादन गरेर बिक्री वितरण गरेको छ ।
। तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गर्नुभएको छ। कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा आजदेखि अपाङ्गतामैत्री पदयात्रा सुरु भएको छ ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ३१ असोजमा हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले हेटौँडा–१० बस्ने ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङलाई पक्राउ गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले देशको वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक लिएर तोकिएको समयमा निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ ।
दसैँको बेला दुर्गा देवीको मूर्ति विसर्जनका क्रममा दुई समुदायविच उत्पन्न विवाद बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका पाँच स्थानमा जारी गरेको निषेधाज्ञालाइ १५ दिनपछि हटाइएको छ ।
यस वर्षको तिहारको चौथो दिन बुधबार गोवर्धन पूजा धार्मिक उत्साह र भव्यताका साथ मनाइँदैछ । दीपावलीपछि आउने यो पर्वले कृषिप्रधान समाजमा विशेष महत्त्व राख्छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुवाहक बसमा आगलागी भएको छ ।
कालिकोटको खुलालु पुलबाट कर्णाली नदीमा हाम फालेकी एक किशोरीको शव अछामको रहफमा फेला परेको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोटकी १५ वर्षीया किशोरी सिर्जना बटालाको शव ८ दिनपछि कर्णाली किनारमा शव फेला परेको हो ।