उपचार खर्च नहुँदा गुल्मीमा एक सुत्केरीको बिचल्ली भएको छ । यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–५ वस्तु अमराईकी २९ वर्षीय सरस्वता सुनार भैरहवा मेडिकल कलेजमा बिचल्लीमा पर्नुभएको हो ।
नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गर्दै आएको स्याङ्जाको वालिङ नगरपालिकाले गएको आर्थिक वर्षमा झण्डै २७ लाख आम्दानी गर्न सफल भएको छ । फोहोरमैला व्यवस्थापन शुल्क र बिक्री शुल्क वापत यो रकम आम्दानी गरेको हो ।
गत असोजमा देशभरका मालपोत कार्यालयले कूल रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व सङ््कलन गरेका छन् ।
विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ ।
नेपाल सम्वत् ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताउनुभएको छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
चितवनमा श्रृङ्खलावद्ध दुर्घटना भइरहेका छन् । पछिल्लो समय मङ्गलबार मध्यरातमा खैरहानी नगर पालिका वडा नम्बर २ मा मोटरसाइकल अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–४ मा आगलागी हुँदा ३६ लाख बराबरको क्षति भएको छ । कञ्चनजङ्घा चोकमा रहेको महेन्द्र सार्कीको झोला बनाउने गोदाममा मङ्गलबार साँझ ७ बजे आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।
नेपाल राष्ट्र बैंकले बसुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।
राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले वर्तमान राष्ट्रिय र राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको बैठक शीघ्र आह्वान गरी राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श, सहमति र समाधान खोज्ने प्रयास गर्नुपर्ने आबस्यकता औंल्याउनुभएको छ ।
जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।