शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राममणि दाहाल
मकवानपुर, माघ १२ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित चुरियामाई सडकखण्डमा ट्याङ्करमा आगलागी भएको छ ।
बाराको अमलेखगंजबाट रुपन्देही जान आउँदै गरेको लु १ ख ६६०९ डिजेल लोड गरिएको ट्याङकर गुडिररहेको अवस्थामा सोमबार दिउँसो अचानक इन्जिनको भागबाट आगोलागी भएको हो ।
प्रहरी टोली, हेटौँडा उपमहानगरपालिका र अमलेखगंजस्थित आयल निगमको दमकलको सहयोगमा साँझ ५:०५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट मानवीय क्षति र इन्धन रहेको भागमा क्षति भएको छैन भने ट्याङकरको अगाडिको भागमा क्षति पुगेको छ ।
ट्याङकर चालक रुपन्देही जिल्ला सैनामैना नगरपालिका ३ का वर्ष ५८ का कृष्णबहादुर थापा मात्र सवार रहेका थिए ।