• १२ माघ २०८२, सोमबार

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

blog

 प्रवीण कुमार शर्मा

 रौतहट, माघ १२ गते । रौतहटको गौर नगरपालिका -२ भन्सार बेरियरबाट सोमबार एक जना पक्राउ परेको छ ।

दिनको १ः३० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्डबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर बिष्टले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका-६ का ३८ वर्षीय राम नारायण यादव हुनुहुन्छ । यादवलाई शङ्का लागि चेकजाँच गर्दा अन्दाजी ३७ हजार एक सय ४४ रुपियाँ बराबरको प्रतिबन्धित औषधीहरू फेला परेको हो। 

उहाँको साथबाट जेनेग्रा रेड दुई सय ४० ट्याबलेट, न्युरोबिन तीन सय ट्याबलेट लगायतका प्रतिबन्धित औषधि बरामद भएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक बिष्टले बताउनुभयो ।

यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको उहाँले बताउनुभयो ।