फ्रान्सको राजधानी पेरिसस्थित ऐतिहासिक लुभ्र सङ्ग्रहालयबाट दिनदहाडै आठ वटा अमूल्य शाही गहना चोरी भएको घटनापछि फ्रान्सेली प्रहरीले चोरको खोजी तीव्र बनाएको छ ।
जनवादी गणतन्त्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीले दीर्घकालीन आर्थिक योजना र नीतिगत दिशा तय गर्न सोमबारदेखि चार दिने उच्चस्तरीय बैठक सुरु गरेको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
हालसालै बढ्दै गएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै श्रीलङ्काको सडक विकास प्राधिकरणले तीन वटा पहाडी प्रदेशका खतरनाक सडक छेउमा सुरक्षाका लागि बार जडान गर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि पनि युद्धविराम कायम रहेको बताउनुभएको छ ।
न्यूजील्याण्डको वार्षिक मुद्रास्फीति सन् २०२५ को सेप्टेम्बर त्रैमासिक अवधिसम्ममा ३ प्रतिशत पुगेको छ, जुन अघिल्लो जुन त्रैमासमा २.७ प्रतिशत थियो ।
जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ ।
कवि ईश्वर थोकरको नवौं कृति ‘आमा’ सार्वजनिक भएको छ । कवि थोकरले साथीभाइबिच आफ्नो कृति सार्वजनिक गर्नुभएको हो । कवितासङ्ग्रह आमामा १४ कविता संग्रहित छन् । कविताकृति आमाकै शीर्षकमा १४ कविता प्रस्तुत गरिएको छ ।
तिहार र दिपावलीको बेला बाँकेमा ठुलो परिमाणको हारजित हुने गरी खेलिने गरेको जुवातासको विकृति विरुद्ध कडा अभियाननै चलाएको प्रहरीले कोहलपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य क्षेत्रमा गरेको योगदानको बारेमा हेटौँडामा कार्यक्रम गरी चर्चा गरिएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज एक वृद्धको मृत्यु भएको छ ।
सरकारले धानको समर्थन मूल्य तोके पनि किसानले सर्मथन मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य छन् । स्थानीय व्यापारीले धानको मूल्य कम लगाउँदा सर्मथन मूल्यभन्दा एक हजार सस्तोमा किसानहरू धान बेच्न बाध्य भएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा पक्राउ परेका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले कात्तिक महिनामा ३ अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने भएको छ ।
तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ।
तिहारको तेस्रो दिन कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग गर्ने तालिम प्राप्त कुकुरहरूको सोमवार विधिवत् पूजा गरिएको छ ।