२०६४ सालदेखि रुपन्देहीमा लगातार निर्वाचन जित्दै आउनुभएका नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल यस पटक नयाँ अनुहारसँग प्रतिस्पर्धामा उत्रिनुभएको छ । यस पटक युवा, पेसागत रूपमा स्थापित र सामाजिक पहिचान बनाएका उम्मेदवारले उहाँलाई चुनावी मैदानमा भिडन्त गर्ने भएका छन् । रुपन्देहीको क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धा त्यस कारणले पनि बढी रोचक बनेको छ । यहाँ एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच चौपक्षीय भिडन्त हुने देखिएको छ ।
स्याङ्जाको वालिङमा हुन लागेको महोत्सवमा कृषि उत्पादन र हस्तकलालाई निःशुल्क स्टल उपलब्ध गराइने भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ ।
विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आउनुभएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीको चारवटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ सात जना महिला राजनीतिकदलको टिकट लिएर उम्मेदवार बन्नुभएको छ ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले घरदैलो र सामूहिक रूपमा भूकम्प प्रभावितसँग आवास पुनर्निर्माणका लागि सम्झौता गर्ने कार्यलाई प्राथमिकता दिएको छ । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माण, प्रबलीकरण र मर्मतका लागि गाउँपालिकाले सम्झौताको कार्यलाई तीव्र बनाएको हो ।
नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ ।
विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता अत्यधिक रहेका छन् तर प्रतिनिधि सभा सदस्यका लागि भने चार प्रतिशत महिला उम्मेदवार मात्रै चुनावी मैदानमा उत्रिएका छन् । नयाँ दलले समेत आगामी निर्वाचनमा महिलालाई स्थान दिएको देखिएन ।
पछिल्ला वर्षहरुमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी सहर बजारमा पक्की आधुनिक घर बन्ने गरेपनि पछिल्ला वर्षमा गाउँ गाउँमा पनि पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ ।
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ ।
रोजगारीले अधिकांश गाउँलाई पुरुषविहीन बनाइरहेको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा महिला मतदाता भने कम देखिएका छन् । प्रदेशभरिको महिला मतदाता सङ्ख्या पुरुषको तुलनामा बढी रहे पनि पाँच पहाडी जिल्लामा भने महिला मतदाता कम देखिएका छन् । प्रदेशभरि १८ अन्यसहित कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् । जसमा पुरुष मतदाता आठ लाख ५२ हजार २१९ र महिला मतदाता आठ लाख ६४ हजार ४२३ जना रहेका प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । प्रदेशभरि पुरुषभन्दा १२ हजार २०४ महिला मतदाता बढी छन् ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो ।
विभिन्न राजनीतिक दलले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा थारू समुदायलाई उपेक्षा गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूले थारू समुदायलाई उनीहरूकै थातथलोमा कम अवसर दिएको गुनासो भइरहेको छ ।
रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्डा राखेको हो ।