चितवनको निर्वाचन क्षेत्र नं. ३ मा प्रमुख राजनीतिक दल नेकपा (एमाले) र कांग्रेसले १२ वर्षपछि आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा–२०७० मा आफ्नै चुनाव चिह्नमा मतदान गरेका यहाँका मतदाताले २०८२ फागुनमा हुने निर्वाचनमा आआफ्नै निर्वाचन चिह्नमा मतदान गर्न पाउने भएका हुन् । २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला निर्वाचित हुनुभएको थियो । अघिल्लो पटक बाँकेबाट पराजित भएपछि जित्ने ठाउँ खोज्दै कोइराला चितवन–४ आउनुभयो । त्यस समयमा चितवनमा पाँच वटा निर्वाचन क्षेत्र थियो ।
सप्तरी क्षेत्र नं. २ प्रतिनिधिसभा निर्वाचनमा जिल्लाकै सबैभन्दा बढी चासोको विषय बनेको छ । बहुप्रतिस्पर्धी उम्मेदवारी र चर्चित नेताहरूको सहभागिताका कारण यस क्षेत्रमा चुनावी सरगर्मी तीव्र बन्दै गएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
मुलुकमा राजनीतिक अस्थिरताले विकास भएन । योजनाबद्ध आर्थिक विकास थालेको सात दशक भयो । सात दशकको प्रयास सन्तोषजनक नहुँदा मुलुक विकासमा पछाडि परेको छ । सँगसँगै योजनाबद्ध आर्थिक विकास सुरु गरेका दुई छिमेकी भारत र चीनले विकासमा फड्को मारे । दक्षिण कोरिया र जापान विकासमा नमुना नै बने । नेपाल भने आज पनि अति कम विकसित मुलुकको सूचीमा अङ्कित छ ।
राजनीति नै राज्यको मूल नीति हो । मूल नीतिको आधारमा अन्य नीतिको आधार तय हुन्छ । नीति तय गर्ने सर्वोच्च संस्था संसद् हो । निर्वाचनबाट नीति निर्माण तहमा आफ्नो जनप्रतिनिधि पठाउने लोकतान्त्रिक पद्धति चलिरहेको छ ।
पछिल्ला आठ दस वर्षमा नेपालमा धेरै भौतिक परिवर्तन भएका छन् । बाटाघाट. पुलपुलेसा विस्तार भएका छन्, गाउँ गाउँसम्म सडक पुगेका छन् । सडक र पुल निर्माण सङ्घीय, प्रदेश र स्थानीय सरकारका प्रमुख प्राथमिकतामा
गुल्मीको रेसुङ्गा नगरपालिकाले नगरक्षेत्रभित्र सञ्चालन हुने अटो तथा विद्युतीय रिक्साको भाडादर र रुट निर्धारण गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै नगरपालिकाले यातायात व्यवस्थापन, यात्रु सुरक्षालाई व्यवस्थित र सहज बनाउन भाडादर निर्धारण गरिएको जानकारी दिनुभयो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार हिराबहादुर केसीले घरदैलो अभियान सुरु गर्नुभएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो । यस मुलुकको समग्र विकासका लागि राष्ट्रिय एकता निरन्तरको अपरिहार्य आधार हो । विविधतायुक्त परिवेश भएका कारण रा
कुनै बेला स्कुल तहमा पनि स्वतन्त्र विद्यार्थी युनियन गठन गर्ने चलन थियो । त्यही विद्यालय स्ववियुदेखि पार्टीको केन्द्रीय सदस्यसम्म भइसक्नुभएकी सम्झना देवकोटालाई जनप्रतिनिधि हुन लामो समय पर्खिनुपर्यो । ५७ वर्षीया देवकोटा चौथो प्रयासमा आइतबार जनप्रतिनिधि चुनिनुभयो ।
चुनावी वातावरणसँगै लगानीकर्ताको धारणा सकारात्मक बन्दै जाँदा सेयर बजारले २८ सयको विन्दु पछ्याएको छ । चुनावी माहोलले राजनीतिक स्थिरताप्रति लगानीकर्ताको अपेक्षा बढेसँगै सेयर बजारमा उत्साह देखिएको हो । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५७ अङ्कले बढेको छ भने कारोबार रकम पनि १४ अर्बनजिक पुगेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै शिक्षामा भइरहेको राजनीतिकरण अन्त्य हुनुपर्ने माग युवा पुस्ताका शिक्षकहरूले अघि सारेका छन् । उनीहरूले हरेक राजनीतिक दलको चुनावी घोषणापत्रमा यस विषयलाई प्राथमिकताका साथ समेटिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
मुलुकमा करिब आठ सय उद्योगमा एक खर्ब रुपियाँभन्दा बढी लगानी प्रस्ताव भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा स्वदेशी विदेशी ७८१ उद्योगमा एक खर्ब ३० अर्ब लगानी प्रस्ताव भएको उद्योग विभागले जनाएको छ ।