नेपालमा सामन्ती युग अन्त्य भएर पुँजीवादी लोकतान्त्रिक युग सङ्क्रमणमा छ । सुरुको चरणमा समाजवाद उन्मुख पुँजीवाद निर्माण गर्दै समाजवादका विशेषता बारे छलफल आवश्यक छ । नेपाली मोडलको समाजवाद के हो, समाजवाद र पुँजीवादको के भिन्नता छ, पुँजीवाद र साम्यवा
तिहार आउँदै गर्दा नेपाल सारा सुनौला देखिएको हुन्छ । कात्तिक मासको गाउँघरको आँगन टालटुल, लिपपोत गरी सर्लक्क पारिएको हुन्छ । आँगनको डिलवरिपरि तलमाथि सयपत्री गोदावरी मखमली तिहारे फूलहरूको उत्कर्षको फुलाइका साथ मगमग बास्ना छरिरहेका हुन्छन् ।
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनमा नेपालमा वार्षिक आठ हजार पाँच सय जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको उल्लेख छ । दैनिक औसत कम्तीमा १२ जनाले यात्राको दौरान ज्यान गुमाउने गरेका छन् । कम्तीमा दुई सय घाइते बनाएर देशको अर्थतन्त्रमा करिब तीन प्रतिशतसम्म क्षति भइरहेको छ ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले नेतृत्व हस्तारण गर्नुभएको छ । गत असोज २९ देखि कात्तिक १ गतेसम्म काठमाडौँमा आयोजना गरिएको केन्द्रीय समिति बैठकमा वैद्यले महासचिव पद सिपी गजुरेललाई हस्तान्तरण गर्नुभएको हो ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसि)को छैठौं विश्व सम्मेलन स्याङ्जा सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्ती कविता वाचनलगायत विविध कार्यक्रमसहित मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयमा आइतबार आयोजित कार्यक्रममा १५ कविले कवितामार्फत महाकविको स्मरण गरे ।
थानकोट (थक्वाः) का ८६ वर्षीय साहित्यकार कवि शिवप्रसाद श्रेष्ठ (पःमाय्) को नेपाली भाषा र नेपाल भाषाका दुई कविता सङ्ग्रहको लोकार्पण भएको छ । नेपाली भाषामा आमाको स्वर र नेपाल भाषा (मातृभाषा) मा ह्याउँगु निभाःया जः नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको हो । आमाको स्वरका प्रकाशक उहाँकै छोरा रवीन्द्रप्रसाद श्रेष्ठ र ह्याउँगु निभाःया जः की प्रकाशक बुहार पद्मा खयरगोली हुनुहुन्छ ।
कालीगण्डकी करिडोरका गैडाकोट–राम्दी–मालढुङ्गा सडकमा दर्जनौ ठुला पहिरोले समस्या बनाएको छ ।
तिहार सुरु भएसँगै लमजुङमा देउसीभैलो खेल्न सुरु भएको छ । कलाकार कल्याणकारी कोष तथा कार्यालय स्थापना गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङले संस्थागत देउसीभैलो खेलेका हुन् ।
बाँकेका किसान आधुनिक प्रविधियुक्त मेसिन प्रयोग गरेर धान भित्र्याउन व्यस्त छन् । खेतभरि पाकेको धान काट्ने, बोक्ने र झार्ने क्रम चलिरहेका कारण गाउँ गाउँमा चहलपहल बढेको छ ।
बागलुङका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् । घरआँगनमा हिन्दु नेपालीहरुको दोस्रो महानचार्ड तिहार (दीपावली) आइपुगे पनि धान पाकेकाले किसानहरु धमाधम धान भित्र्याउन थालेका हुन् ।
मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तिहारलक्षित बजार अनुगमनका क्रममा मिठाईमा अखाद्य वस्तुको प्रयोग गरेको नपाइएको जनाएको छ । विभागले तिहारमा बढी माग हुने मिठाई पसललाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशाला गाडी (मोबाइल फुड ल्याब भ्यान) मार्फत अनुगमन स्थलमै परीक्षण गराउँदा अहिलेसम्म गरिएकोमा ठुलो कैफियत नभेटिएको जनाएको हो ।
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।