बाजुराका महिलालाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने चटारो छ । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा माघ महिना पुरैसम्म विवाह गरेर पोइली घरमा रहेकी चेलीलाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने प्रचलन छ ।
टर्कीको इस्तानबुलमा आइतबार राति भएको प्रतियोगितामा एरिकाले ६८ केजी तौल समूहको महिला कुमितेमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्नुभएको हो ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२६ आगामी फागुन २ गते हुने भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही ४ मा आउँदै हुनुहुन्छ ।
नेपाल उद्योग महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताउनुभएको छ ।
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको सकुशल उद्धार गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ ।
नवलपुरको एक विद्यालय प्राङ्गणमै बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । देवचुली नगरपालिका –१ केउरेनीस्थित नेपाल नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सोही विद्यालयको लु १ क ३८१४ नम्बरको बसले बालिकालाई ठक्कर दिएको हो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव ढुङ्गेलले राजनीति मनोरञ्जनको विषय नभइ देश चलाउने गम्भीर जिम्मेवारीको क्षेत्र भएको बताउनुभएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कलङ्की सडक खण्डमा मिनरल वाटर पानी बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारहरूले निर्वाचन चिह्न प्राप्त गरेसँगै चुनावी अभियानलाई गाउँतर्फ केन्द्रित गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा पुनः दोस्रो पटक ४९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यस अगाडि दरखास्त आह्वान गरिएको अवधिमा मागअनुसार आवेदन नपरेपछि पुनः दोस्रो पटक निर्वाचन प्रहरीको आवेदन माग गरिको हो ।
सल्यानमा दुई दिन विद्युत् अवरुद्ध हुने भएको छ । विद्युतकाे पोल स्थानान्तरण तथा लाइन सुदृढीकरण गर्नु पर्ने भएकाले दुई दिन विद्युत् अवरुद्ध हुने सल्यान वितरण केन्द्रले जनाएको छ ।
माघ पर्व मनाएसँगै थारु समुदायमा परम्परागत रूपमा सञ्चालन हुँदैआएको मटाँवा, बरघर र भलमन्सा चयनलई तिब्रता दिइएको छ । गाउँको सामाजिक, न्यायिक, सांस्कृतिक तथा विकाससम्बन्धी नेतृत्व गर्दैआएको मटाँवा प्रथामा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताको आकर्षण बढ्दैगएको छ ।