• १२ माघ २०८२, सोमबार

एरिकालाई विश्व कराँते प्रिमियर लिगमा रजत पदक

blog

पदकसहित एरिका गुरुङ ।

काठमाडौँ, माघ १२ गते । नेपालकी कराँते स्टार एरिका गुरुङले डब्लूकेएफ कराँते वान प्रिमियर लिगमा रजत पदक जित्नुभएको छ । 

टर्कीको इस्तानबुलमा आइतबार राति भएको प्रतियोगितामा एरिकाले ६८ केजी तौल समूहको महिला कुमितेमा नेपालका लागि ऐतिहासिक रजत पदक जित्नुभएको हो । फाइनलमा एरिका कजकिस्तानकी सोफिया बेरुल्त्सेभासँग ४–२ ले पराजित हुनुभयो ।

बेरुल्त्सेभा विश्व च्याम्पियनसिपकी उपविजेता तथा महादेशीय च्याम्पियन खेलाडी हुनुहुन्छ । एरिकाले गत वर्ष मोरोक्कोमा भएको प्रतियोगितामा काँस्य पदक जित्नुभएको थियो ।