शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्ताेष सुवेदी
कास्की, माघ १२ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२६ आगामी फागुन २ गते हुने भएको छ । २० औं संस्करणको म्याराथन पोखरा रङ्गशालाबाट सुरु भइ पोखराका विभिन्न भागमा परिक्रमा गरी फेवाताल किनार वाराहीघाटमा पुगेर समापन हुनेछ ।
यसपालि स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिँदै म्याराथन पूरा गर्नेछन् ।
भूतपूर्व खेलाडी मञ्च नेपाल आयोजनामा हुन लागेको उक्त म्याराथनको मूल नारा ‘स्वास्थ्यका लागि, पोखराका लागि’ छ। म्याराथन विजेताले ४ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख तथा चौथोले ५० हजार रुपियाँ प्राप्त गर्नेछन् ।
साथै अरू विधा महिला तथा पुरुष हाफ म्याराथन, १० किमी पुरुष तथा महिला, ५ किमी छात्रछात्रा, भेन्ट्रानस (४५ वर्षमाथि), ह्विल चियर तथा दृष्टिविहीनतर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार व्यवस्था गरेको आयोजकले जनाएको छ ।