• १२ माघ २०८२, सोमबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, माघ १२ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८१ पैसा र बिक्रीदर १४७ रुपियाँ ४१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ६५ पैसा र बिक्रीदर १७४ रुपियाँ ३६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपियाँ ३२ पैसा र बिक्रीदर २०१ रुपियाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ १५ पैसा र बिक्रीदर १८८ रुपियाँ ९१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपियाँ २४ पैसा र बिक्रीदर १०१ रुपियाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ १६ पैसा र बिक्रीदर १०७ रुपियाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ४२ पैसा र बिक्रीदर ११५ रुपियाँ ८९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ०८ पैसा र बिक्रीदर २१ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ १४ पैसा र बिक्रीदर ३९ रुपियाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ २८ पैसा र बिक्रीदर ४० रुपियाँ ४५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ७४ पैसा र बिक्रीदर चार रुपियाँ ७६  पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९७ पैसा र बिक्रीदर ४० रुपियाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ६५ पैसा र बिक्रीदर ३६ रुपियाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १५ पैसा र बिक्रीदर १० रुपियाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४० पैसा र बिक्रीदर १६ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २६ पैसा र बिक्रीदर २३ रुपियाँ ३५  पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८३ पैसा र बिक्रीदर १८ रुपियाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ ९५ पैसा र बिक्रीदर ४८२ रुपियाँ ९२ पैसा , बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ३९ पैसा र बिक्रीदर ३९० रुपियाँ ९८  पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपियाँ ३१ पैसा र बिक्रीदर ३८२ रुपियाँ ८७ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको  छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस