सरकारले लागु गरेको औषधीका नाम जेनेरिक नाममा मात्र लेख्नुपर्ने प्रावधानप्रति नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ ।
निलो रङको टिसर्ट र सेतो कट्टु लगाएका काले महतोको हातमा सधैँ बेल्चा देखिन्छ । हातको बेल्चाले सडकमा हिँडेका हात्तीले गोब्य्राएको थासो (दिसा) सोहोरेर ठेलामा राख्नुहुन्छ । सौराहाको गैँडाचोकनजिकै थासो उठाउन व्यस्त रहेका महतोले आफ्नो काममा कुनै असजिलो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “थासो सफा गर्दा घिन लाग्दैन बरु आनन्द अनुभव हुन्छ । जे भए पनि अहिले सौराहा क्षेत्रमा हात्तीको थासो देख्न पाइँदैन ।”
पहाडलाई नै भवनजस्तो बनाएर रङरोगनसहित झ्याल हालिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –१, छोसेरमा अवस्थित चिटिक्कको लो निफु गुम्बामा पर्यटकहरुको भिड लाग्नेगरेको छ ।
नेकपा (एमाले) को उपमहासचिव प्रदीप ज्ञवालीले देटशमा जेनजीको नाउँमा भएको विध्वंशकारी घटनालाई भूराजनीतिक चलखेलको रुपमा ब्याख्या गर्नुभएको छ ।
आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । १३ वर्षीया छात्रालाई विद्यालयमै पटक पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन् ।
म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक बेपत्ता भएका छन् ।
त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाले त्रिविका उपसचिव वा सो सरह र सो भन्दा माथिल्लो तहका कर्मचारीहरुको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ शृंखलाकाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण र संवर्द्धन शब्द राखेमात्र यसको सोचअनुसार काम हुनसक्नेमा यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् ।
पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास गरिएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य एवं कांग्रेस बाराका पूर्वसभापति ऋषिकेश गौतमको ८४ वर्षको उमेरमा भएको निधनका कारण कात्तिक १३ गतेसम्म बैठक स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको मध्यबिन्दु नगरपालिकाको चोरमारा बजारमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
ओखलढुङ्गाका दुई स्थानीय तहले अस्थायी तथा करार कर्मचारीको सेवा सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकाले संघीय सरकारको परिपत्रअनुसार स्वीकृत दरबन्दी बाहेकका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने भएका हुन् ।
तनहुँमा तिहार पर्वलाई सुरक्षित, मर्यादित र प्रदूषणमुक्त रूपमा मनाउन जिल्ला प्रशासन कार्यालयले विशेष निर्देशन जारी गरेको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिका–५, सानोदुम्माका युवा ठङ्गजीत राईले व्यावसायिक रूपमा गरिरहेको खुर्सानी खेती ।