• ११ माघ २०८२, आइतबार

सिराहामा नौ पूर्वमन्त्री चुनावी मैदानमा

blog

लहान समाचारदाता 

लहान, माघ ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सिराहाका चार वटै निर्वाचन क्षेत्रमा मन्त्री भइसकेका आठ जना विभिन्न दलबाट चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन् । 

सबैभन्दा बढी सिराहा क्षेत्र नं. ४ मा चार जना पूर्वमन्त्री प्रतिस्पर्धामा उत्रिएका हुन् । सिराहा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट वर्तमान सरकारमा युवा तथा खेलकुदमन्त्री भएका बब्लु गुप्ता प्रतिस्पर्धाका लागि चुनावी मैदानमा हुनुहुन्छ ।  

सिराहा निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा (एमाले) का तर्फबाट पूर्वकानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री लीलानाथ श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वशान्ति तथा पुनर्निर्माणमन्त्री विश्वनाथ साह प्रतिस्पर्धाका लागि चुनावी मैदानमा हुनुहुन्छ ।  

सिराहा निर्वाचन क्षेत्र नं. ४ मा जनता समाजवादी पार्टी नेपालबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वन्याय तथा कानुनमन्त्री अजयशङ्कर नायक, नेकपा (एमाले) बाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह, जनमत पार्टीका तर्फबाट पूर्ववन तथा वातावरणमन्त्री बिसेन्द्र पासवान प्रतिस्पर्धामा हुनुहुन्छ ।