• ११ माघ २०८२, आइतबार

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा ११ बजेसम्म १६१ जनाले गरे मतदान

blog

राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्दै मतदाताहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली 
घोराही, माघ ११ गते ।
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आइतबार बिहान ११ बजेसम्म एक सय ६१ जनाले मतदान गरेका छन् ।

बिहान ११ बजेसम्म प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख एक सय नौ जना गरेर एक सय ६१ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवँरले जानकारी दिनुभएको छ ।  

उहाँका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र दुई सय १६ जना स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्य चयनका लागि विहान ९ बजेदेखि घोराही उपमहानगरपालिका–१५ स्थीत कर्मचारी मिलन केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ । मतदानका लागि दिउँसो ३ बजेसम्मको समय छ ।