शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनकपुरधाम, माघ ११ गते । मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ बजेसम्म तीन सयभन्दा बढीले मतदान गर्नुभएको छ ।
राष्ट्रियसभाका चार सदस्यका लागि ११ जनाको उम्मेदवारी रहेको उक्त निर्वाचनमा मधेस–प्रदेशसभाका सदस्य, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखसमेत गरी ३६४ मतदाता हुनुहुन्छ।
राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, सभामुख रामआशिष यादव, उपसभामुख बबिता राउत इसरलगायतका पदाधिकारीहरूले मतदान गरिसक्नुभएको छ । आज बिहान ९ बजे सुरु भएको मतदानको समय अपराह्न ३ बजे सम्पन्न हुनेछ ।