• १० माघ २०८२, शनिबार

पोखरा जारी टाइगर कपमा पुलिसको विजयी सुरुवात

blog

टाइगर कप भलिबलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दै । तस्बिर : माधवप्रसाद बराल

माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ १० गते । 
पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबारको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । पुलिसले पहिलो जित निकाल्दा आर्मीले लगातार दोस्रो हार बेहोरेको छ ।

पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोरेको छ । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको हो । पुलिसकी  एलिसा मानन्धर प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

आजको दोस्रो खेल महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफ र थाइल्यान्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुने तालिका छ । दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ ।

माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका छन् । सिंगल राउन्ड रोबिनको आधारमा भएको खेलमा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।