• १० माघ २०८२, शनिबार

मध्यरात देखि जुम्लामा हिमपात

blog

जुम्लामा करिब आधा फिट हिउँ । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, माघ १० गते ।
जुम्लामा मध्य रातिदेखि हिमपात भएको छ । हिउँदे सिजन पुस महिनामै पानी परेर हिउँ पर्ने गर्दथ्यो । तर यस पटकको हिमपात मध्य रातिदेखि भएको हो ।

जुम्लामा अहिले हिउँ परिरहेको छ । हिउँ पर्दा यहाँ सवैभन्दा बढी खुशी किसान भएका छन् । हिउँ नपर्दा हिउँदेवाली सुख्दै गएको समयमा अब हिँदे बालीलाई राहात भएको छ ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ का किसान रतन रावतले हिउँ परेर हिउँदे बाली जोगिएको बताउनुभयो । किसान गोपाल रोकायाले किसानका लागि हिउँ नभई चाँदी सरह रहेको बताउनुभयो । जुम्लाको तापक्रम माइनस डिग्री छ । हिमपात हुँदा सामान्य जनजीवन प्रभावित भएको छ ।