यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ ।
बाँके डुडुवा–६ हिरमिनियाका विष्णुप्रसाद बर्माले आफु जान्ने भएदेखि नै बदाम खेती गर्दै आउनु भएको छ ।
आगामी तिहार पर्वलाई स्वच्छ, हरित र पर्यावरणमैत्री बनाउन व्यास नगरपालिकाले प्लास्टिकका माला तथा कृत्रिम सामग्रीको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ ।
सप्तरीको तिरहुँत गाउँपालिका ३ गोइठी स्थित रहेको श्री भवानी राधा आधाभूत विद्यालयलाई नेपाल युथ पाउन्डेसन नेपालले नवनिर्मित सुविधा सम्पन्न ४ कोठे भवन, एक कोठे भान्सा, छात्र छात्राका लगि छुट्टाछुट्टै दुई कोठे चर्पी बुधबार एक कार्यक्रमबिच हस्तान्तरण गरेको छ ।
कालीकोट जिल्लाका केही ठाउँमा मोवाइल सेवा सहज नचल्दा नागरिक अझै पनि प्राविधिकभन्दा बाहिर छन् । जिल्लामा फाइभी जी सेवा सञ्चालन भए पनि जिल्लाका केही ग्रामीण ठाउँमा फोन सेवा सहज रुपमा चल्न कठिन छ ।
नेपालको राजनीतिमा पुस्तान्तरण सबैभन्दा ठुलो चुनौती बन्दै आएको छ । राजनीतिबिना देश चल्न सक्दैन । राजनीतिलाई देश र जनताको हितमा प्रयोग गर्न सकिएन भने यसको अर्थ रहँदैन । राजनीति गर्ने दलहरूले हो ।
अहिले देश आर्थिक सङ्कटमा नपरे पनि अर्थतन्त्रले गति लिन सकेको छैन । राजस्वले लक्ष्य प्राप्त गर्न सक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय परिवेश अनुसार पनि अनुदान उपलब्ध हुने परिस्थिति देखिँदैन । सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने भनिएको छ । त्यसपछि नेपालको उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अहिले नेपालले पाइआएको व्यापार सुविधा कटौती हुने छन् ।
धेरैले सोचेका थिए, जेनजी पुस्ताका युवा समाजबाट अलग्गिएर स्मार्ट फोनमा आफ्नै दुनियाँमा रमाइरहेका छन् । उनीहरूमा राजनीतिक सोच त्यति धेरै छैनन् । उनीहरूको विरोधले मात्रै मुलुकको राजनीतिक कोर्स नै परिवर्तन हुने अवस्था आउँदैन । अझ केही अध्ययन अनुसन्धानले त जेनजी पुस्ता असन्तुष्ट भए पनि कम विद्रोही प्रकृतिको हुन्छ भन्ने निष्कर्षसमेत निकालेका थिए तर भदौ २३ र २४ गते देशभरका सहरमा भएका प्रदर्शन र त्यसपछिका घटनाव्रmमले त्यो बुझाइ र अनुसन्धानको निष्कर्षलाई असत्य साबित गरिदियो । दर्ता हुन नआएका फेसबुक
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा २५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपुरको अमलटारी सेक्टरको बाँदरझुला क्षेत्रमा २५ वर्षको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।
बाँकेमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले भाडाको भवनबाटै आफ्नो शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । भाडा वापत विश्वविद्यालयले वार्षिक ४८ लाखभन्दा बढि रकम खर्च गर्ने गरेको छ ।
नेपालको राजनीतिक इतिहासमा विसं १९९७ देखि २०६२/६३ र २०८२ भदौ २३ र २४ गतेसम्म आइपुग्दा थुप्रै क्रान्ति, पर्व, नैतिक आन्दोलनहरू भएका छन् । पछिल्लो अवधिको आन्दोलन साँच्चै ऐतिहासिक, स्म
जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।