चुनाव आउन ४२ दिन बाँकी रहेको अवस्थामा चुनावी चहलपहल तीव्र भएको छ । उम्मेदवार आआफ्ना प्रचारप्रसारमा जोड दिँदै मतदाताका घर घर जान थालेका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जुम्लामा चुनावी माहोल तात्तिँदै गएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गाउँ गाउँ पुगेर आफ्ना पुराना मतदाता जोगाउने दाउमा लागेका छन् ।
नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटीद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेमा समाहित भएको घोषणा गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त रूपमा गराउने उद्देश्यसहित बाजुराका राजनीतिक दल तथा उम्मेदवारहरूले लिखित रूपमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । बाजुरामा २०४८ सालदेखिका हरेक राष्ट्रिय र स्थानीय चुनावमा झडप हुँदै आएका छन् । यस पटकको चुनावमा त्यस्तो नहुने प्रतिबद्धता उम्मेदवारहरूको छ । निर्वाचन प्रक्रियामा नागरिकको स्वतन्त्र मताधिकारमाथि कुनै पनि प्रकारको हनन, दबाब, प्रलोभन वा डरत्रास सिर्जना नगर्ने स्पष्ट प्रतिबद्धता उनीहरूले जनाएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सल्लाहकार परिषद् सदस्य अनिपाल शाहीले राजीनामा दिनुभएको छ ।
पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन व्यस्त देखिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने र स्थानीयका समस्या सुन्ने कार्यमा केन्द्रित भएका हुन् ।
लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । वसन्तपञ्चमी(श्रीपञ्चमी)को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हो ।
पुस्तक पढ्ने बानी बसाल्नका लागि राजविराज नगरपालिकाले सरस्वती पूजाको अवसरमा राजविराजस्थित रहेको साझा प्रकाशनमा विद्यार्थीहरूका लागि एक दिने पुस्तक प्रदर्शनी गरेको छ ।
सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात अन्य रहेका जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा क्रियाशिल दलहरुले आन्तरिक तयारी सुरु गरेका छन् । उमेदवारको मनोनयन दर्ता गरेसँगै दलहरुले मतदाता केन्द्रित अभियान चलाउन सुरु गरेका हुन् ।
जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राम पात्लेखेत गाउँका कृष्णबहादुर र खिमबहादुर पुन दाजुभाईले सुन्तला बिक्री गरेर यसवर्ष ६ लाख रुपियाँभन्दा बढी रकम गाउँ भित्र्याउन सफल हुनुभएको छ ।
मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी छ । चन्द्रमास गणनाको माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी मिथिलामा कृषि नववर्ष उत्सवका रूपमा मनाइने परम्परा छ । वसन्तपञ्चमी पनि भनिने यो पर्व यसपालि आज मनाउँदैछन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ ।
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप महिला/पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ ।
नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ ।