• ९ माघ २०८२, शुक्रबार

नेकपा एस तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित

blog

नेकपा एकीकृत समाजवादी तेह्रथुमका पोलिटव्युरो सदस्य भवानी खापुङ । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले माघ ९ गते ।
नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटीद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेमा समाहित भएको घोषणा गरेको हो । तेह्रथुम अध्यक्ष योगेन्द्र प्रसाद गड्तौलाले प्रेस विज्ञप्ति जारी गरी पोलिटव्युरो सदस्य भवानी खापुङको नेतृत्वमा नेकपा एमालेमा समाहित भएको जानकारी दिनुभएको छ ।

विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरिएको छ । त्यस्तै यो अवस्थामा राष्ट्रिय राजनीतिक शक्तिहरू संगठित हुन आवश्यक रहेकाले एमालेमा समाहित भएको जनाइएको छ । जिल्ला कमिटीसँगै नेकपा एकीकृत समाजवादी तेह्रथुमका सम्पूर्ण संगठनहरु समेत समाहित भएको समेत जनाइएको छ ।

आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई साथ दिने पनि गड्तौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपनि असन्तुष्ट समूह भने एकता प्रक्रियामा सहभागी थिएनन् ।