आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी (मनोनयन) दर्ता गराउनेमध्ये पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका हुन् ।
महोत्तरीमा प्रतिनिधि सभा निर्वाचन २०८२ मा बागी उम्मेदवारको सङ्ख्या निकै थोरै देखिएको छ । बागी उम्मेदवार थोरै देखिए पनि उनीहरूले नतिजाको दिशा भने मोड्न सक्ने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ देखि सल्यानको त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमले किसानहरु बाख्रापालन व्यवसायतर्फ आकर्षित भएका छन् ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरेले आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
मनोनयन दर्ता गरेपछि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार योगेशगौचन थकाली मतदाता भेट्न पोखरा निस्किनुभयो । नेकपा (एमाले) का इन्द्रधारा डाढु विष्ट र नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरुङसमेत मतदाता भेटघाटका लागि पोखरामा व्यस्त हुनुहुन्छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तालगत्तै जिल्लामा रहेका नेता, कार्यकर्तासँग सामान्य चुनावी छलफल गरेपछि तिनै ठुला दलका उम्मेदवार मतदाता खोज्दै जिल्लाबाहिर गएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार पुरुष मतदाता सङ्ख्या नौ लाख १४ हजार ५३५ र महिलाको सङ्ख्या नौ लाख ५५ हजार ५१६ रहेको छ । गण्डकी प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या ४० हजार ९८१ ले बढी रहेको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले वसन्त पञ्चमीले प्रकृतिमा नयाँ ऊर्जा, आशा र उल्लास ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय, बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी इजाजतपत्र हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ ।
पश्चिम नवलपरासीको रामग्राममा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरको उत्खननका क्रममा जमिनमुनि महत्वपूर्ण प्राचीन संरचना भेटिएपछि फेरि उत्खनन गरिएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दल परिवर्तन गरेर उम्मेदवार बन्ने नेताहरूको सङ्ख्या उल्लेख्य देखिएको छ । टिकट नपाएको असन्तुष्टि, राजनीतिक समीकरण र व्यक्तिगत रणनीतिका कारण नेताहरू अन्तिम समयमा दल फेरेर प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा कर्णालीमा सामान्यभन्दा संवेदनशील मतदान स्थल बढी भएको प्रहरीको तथ्याङ्क छ । कर्णालीका १० जिल्लामा कुल ९४१ मतदान स्थलमध्ये ७७९ वटा मतदान स्थल संवेदनशील मानिएको छ । यसमा संवेदनशील ४२० वटा र अति संवेदनशील ३५९ वटा रहेका छन् । सामान्य १६२ वटा मात्र छन् । अस्थायी मतदान स्थल १८ वटा छन् ।
जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा २३ वटा ‘अति संवेदनशील’ रहेका बताएको छ ।
चुनाव आउन ४२ दिन बाँकी रहेको अवस्थामा चुनावी चहलपहल तीव्र भएको छ । उम्मेदवार आआफ्ना प्रचारप्रसारमा जोड दिँदै मतदाताका घर घर जान थालेका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जुम्लामा चुनावी माहोल तात्तिँदै गएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गाउँ गाउँ पुगेर आफ्ना पुराना मतदाता जोगाउने दाउमा लागेका छन् ।
नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटीद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेमा समाहित भएको घोषणा गरेको हो ।