शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनकपुरधाम समाचारदाता
जनकपुर, माघ ९ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेशकुमार घिमिरेले आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा आयोगले सम्पादन गरेका कामकारबाही समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन बिहीबार प्रदेश प्रमुख कर्णसमक्ष पेस गरिएको हो । प्रतिवेदनमा आव २०८१/८२ को अवधिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सङ्घ, प्रदेश तथा स्थानीय तहबिच प्राकृतिक स्रोतको बाँडफाँट, वित्तीय समानीकरण, राजस्व बाँडफाँट र वित्तीय अनुशासनका क्षेत्रमा गरेका कार्य, नीतिगत सिफारिस तथा प्रगति विवरण समेटिएको कार्यालयले जनाएको छ ।