• ९ माघ २०८२, शुक्रबार

इजाजत प्राप्त हातहतियार बुझाउन बागलुङ प्रशासनको आग्रह

blog

जिल्ला प्रशासन कार्यालय बागलुङको भवन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) माघ ९ गते ।
जिल्ला प्रशासन कार्यालय, बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी इजाजतपत्र हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ ।

यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय, बागलुङ वा मातहतका प्रहरी एकाइमा हातहतियार बुझाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो । हातहतियार बुझाएको निस्सा अनिवार्य लिन र सोही आधारमा आगामी चैत २० पछि हातहतियार सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने कार्यालयले जनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियार धनीसँग भएको इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताउनुभयो । प्रशासनको सूचना र आग्रहलाई  अटेरी गरेर हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने उहाँको भनाइ छ ।