• ९ माघ २०८२, शुक्रबार

कांग्रेसले सभापति थापालाई बनायो प्रधानमन्त्रीको उम्मेदवार

बदल्यौं कांग्रेस, बदल्छौं देश : सभापति गगन थापा

blog

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

काठमाडौँ, माघ ९ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताउनुभएको छ । 

शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति पदको कार्यभार सम्हाले लगत्तै उहाँले यस्तो बताउनुभएको हो । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ उहाँले भन्नुभएको छ, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी । हाम्रो केवल एक ध्येय छ–देशको सम्मुन्नति ।’

त्यसैगरी कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा चुनावमा जाने निर्णयसमेत गरेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति गगनकुमार थापालाई पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गर्नुभएको प्रस्ताव केन्द्रीय समितिले पारित गरेको हो । 


विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेपछि  पार्टी सभापतिसहितका पदाधिकारीले शुक्रबार पदबहाली गरेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यको पदबहालीपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो ।