• ९ माघ २०८२, शुक्रबार

कालिकोटका चार जनाको उम्मेदवारी फिर्ता

blog

विवाद मिलेपछि उम्मेदवारी फिर्ता लिनुहुँदै जीवनबहादुर बुढा। तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, माघ ९ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिनुभएका अर्का केन्द्रीय सदस्य जीवनबहादुर बुढाले उम्मेदवारी फिर्ता लिनुभएको छ।  

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्व मुख्यमन्त्री शाहीले माफी माग्दै आत्मालोचना गरेपछि बागी उम्मेदवारी दर्ता गर्नुभएका बुढाले उम्मेदवारी फिर्ता लिनुभएको हो।  

बुढासँगै नेपाली कांग्रेसका बागी उम्मेदवार भूपेन्द्रजंग शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेदवार प्रेमसिंह तिरुवाले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालका अनुसार उम्मेदवारी फिर्ता लिने निर्धारित समयमा चार जनाले फिर्ता लिएको पुष्टि गर्नुभयो।  अब कालीकोटमा नेकपा, नेकपा (एमाले), नेपाली कांग्रेस, राप्रपा, नेमकिपा रास्वपासहित केही स्वतन्त्र गरेर दश जनाको उम्मेदवारी कायम छ।