• ९ माघ २०८२, शुक्रबार

करेन्ट लागेर एक जनाको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, माघ ८ गते । मकवानपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बिहीवार दिउँसो हेटौँडा उपमहानगरपालिका –१७ सानोगङटेमा विद्युतको ट्रान्समिटरमा काम गर्ने क्रममा करेन्ट लाग्दा मनहरी गाउँपालिका–५ बसन्तपुरका २७ वर्षीय निरज भन्ने आदर्श भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । घटनास्थल अस्थायी प्रहरी चौकी हटियाबाट करिब २ किलोमिटर पूर्वतर्फ रहेको प्रहरीले जनाएको छ ।