गत आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ ।
जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले जित्नु भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि घोषणा गरेको शहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने भएको छ ।
इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई कडा भाषामा अस्वीकार गर्दै उक्त आह्वानलाई अमेरिकाका हालका सैन्य कार्यसँग ‘पूर्णतः विपरीत’ भएको टिप्पणी गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आउने चिनियाँ सामानमा थप सय प्रतिशत कर लगाउने घोषणा गर्नुभएको केही दिनमै चीनले मङ्गलबार अमेरिकासँगको व्यापार युद्धमा ‘अन्त्यसम्म लड्न तयार’ रहेको कडा चेतावनी दिएको छ ।
विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ५२८ दशमलव १६ को बिन्दुमा कायम भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानमा उक्लिएको हो ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा ३ दारिमज्युला निवासी कमला विष्टले समूहमा आवद्ध भएपछि केही व्यवसाय गर्नुपर्छ भन्ने सोचका साथ कुखुरा पाल्न थाल्नुभएको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रको आगामी शिखर सम्मेलनमा हुने थाइल्यान्ड र कम्बोडियाबिचको शान्ति सम्झौताको औपचारिक हस्ताक्षर कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने आयोजक राष्ट्र मलेसियाका विदेश मन्त्री मोहम्मद हसनले मङ्गलबार बताउनु भएको छ ।
अफगानी सेनाले छिमेकी देश इरानमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा इरानसँगको सिमानामा २०२ जनालाई पक्राउ गरेको मङ्गलबार पश्चिमी क्षेत्रको राष्ट्रिय सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ ।
एसियाली इलेक्ट्रोनिक खेलकुद महासङ्घ (एइएसएफ)ले थाइल्यान्डको बैंककमा दोस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज मधेश प्रदेश सभाबाटै राजिनामा दिनुभएको छ ।
बेलायतको बेरोजगारी दर चार वर्ष भन्दा बढीको उच्चतम स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ । अगस्टको अन्त्यमा बेरोजगारी दर ४.८ प्रतिशत पुगेको छ ।
चीनले दक्षिण कोरियाली जहाज निर्माण कम्पनी हानवा ओसनका पाँच अमेरिकी सहायक कम्पनी (युनिट)माथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।