न्यूयोर्क, माघ ८ गते । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेका छन् जसमा धेरै नागरिक मारिनुका साथै घाइते भएका छन् ।
सुरक्षा परिषद्का सदस्यले पछिल्लो समयमा सबै प्रकारका आतङ्कवादले अफगानिस्तान र विश्वमै शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा स्थान बनेको पुष्टि गरेका छन् । निन्दनीय कार्यका आयोजक, र प्रायोजकलाई जवाफ देही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन आवश्यक रहेको कुरामा जोड दिँदै काउन्सिलले सबै राज्यलाई अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्का प्रस्ताव अन्तर्गत आफ्ना दायित्व अनुसार सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेको छ ।
सुरक्षा परिषद्का सदस्यले आतङ्कवादको कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण रहेको बताउदै यसले संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानून, र अन्तर्राष्ट्रिय मानवीय कानुन विपरित अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हुने खतरा विरुद्ध लड्नु पर्ने बताएको छ । रासस/क्युएनए